अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याएको बारको ठहर

रुपन्देही खबर , १५३  पटक हेरिएको

काठमाडौं, कार्तिक २४

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याएको भन्दै नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ ।

आयोगले बिहीबार पत्रकार सम्मेलन गरेर अख्तियारले आफू अनुकुलको फैसला गर्न दबाव दिएको भन्दै आपत्ति जनाएको हो । अख्तियारले २२ गते पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो ।

बारका कार्यबाहक अध्यक्ष हर्कबहादुर रावलले भन्नु भयो ‘आफ्नो क्षेत्रधिकारको समेत ख्याल नगरी ‘अदालतबाट न्यायिक विचलन, कानुनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पुर्‍याउने कार्य गरेको बार केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठकको निष्कर्ष छ ।’

न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै शंका उब्जन सक्ने भाषा शैलीको प्रस्तुति उचित नभएको भन्दै बारले विधिको शासनको पालना गर्न ध्यानाकर्षण समेत गराएको छ ।

प्रकाशित मिति: २०२२-११-१० , समय : १६:१५:४० , २ वर्ष अगाडि