रुपन्देहीको गैडहवामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु

रुपन्देही खबर , ८६२  पटक हेरिएको

रुपन्देही, कार्तिक २२

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर २ मा दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गैडहवा गाउँपालिका वडा नम्बर २ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोध रहेका छ्न ।

सोमबार गैडहवा गाउँपालिका वडा नम्बर २ मा लु.५ प ९७३२ नम्बरको मोटरसाइकल र लु.७६ प ३३७२ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएको पासीको सिटी अस्पताल भैरहवामा र लोधको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-११-०८ , समय : १८:१२:०२ , २ वर्ष अगाडि