रुपन्देही खबर , ४२२ पटक हेरिएको
भैरहवा, कार्तिक १९
मंसिर ४ गते हुन गइरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल र भारतका प्रशासन र सुरक्षा अधिकारीबीच अन्तरदेशिय सुरक्षा बैठक हुने भएको छ। आज (शनिबार) अपरान्ह रुपन्देहीमा अन्तरसीमा समन्वय बैठकको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।
बैठकमा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी,सुरक्षा अधिकारी तथा सीमा जोडिएका भारतका भारतका सिद्धार्थनगर र महाराजगन्ज जिल्लाका डीएम र सुरक्षा अधिकारीको सहभागिता रहने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनु भएको छ ।
आसन्न निर्वाचनमा केन्द्रीत रहेर सीमाक्षेत्रमा हुन सक्ने गतिबिधि र निर्वाचन लक्षित सीमानाका सिल गर्ने विषयमा छलफल हुने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भएको छ । पाण्डेका अनुसार त्यस अलावा लागु औषध, साना हतियारको ओसारपसार, अपराधिक गतिबिधिका बारेमा सूचना आदान प्रदान जस्ता विषयहरु छलफलको एजेण्डा रहेको छ । बैठकमा चोरीपैठारी, आपराधिक गतिविधि नियन्त्रण, संयुक्त गस्ती र द्विपक्षीय सरोकारका विषयमा पनि छलफल हुने पाण्डेले जानकारी दिनु भयो ।
शनिबार बिहान ११ बजेदेखि रुपन्देहीको छपिया स्थित लुम्बिनी रिसोर्टमा बैठक तय भएको प्रशासनले जनाएको छ ।
प्रकाशित मिति: २०२२-११-०५ , समय : १०:०७:५३ , २ वर्ष अगाडि