रुपन्देही खबर , ७९४ पटक हेरिएको
बैशाख १८
नेपाली काङ्ग्रेसले सुनवल नगरपालिकामा चुनाव प्रचार प्रसार कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा नेपाली काङ्ग्रेसले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । नेपाली काङ्ग्रेस सुनवल नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष पदको प्रत्यासी ज्ञानचन्द यादव साथै वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा सुनवल नगरपालिकाको वडा नम्बर २ मा घरदैलो गरिएको छ ।
नेपाली काङ्ग्रेस सुनवल नगरपालिका वडा नम्बर २ ले शनिबार वडा नम्बर २ को बतरौली, बर्गदहि, अवरहिया,भर्वलिया ,खुटहट, बैरवा, मुखियाटोल लगायतका टोलमा घरदैलो सम्पन्न गरेको छ ।
नेपाली काङ्ग्रेस सुनवल नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष पदको प्रत्यासी ज्ञानचन्द यादव नेतृत्वमा भएको घरदैलो कार्यक्रममा त्यहाका स्थानीयले नेताहरुले पद पाएपछि जनताको पिर मर्का र मागलाई नसुनेको र वडाको हरेक काममा आफ्नालाइ मात्र स्थान दिएको गुनासो गरेका छ्न ।
समाजमा बिकासको नाममा भ्रष्टचारी बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताएका छ्न । अबको चुनावमा योग्य , इमान्दार , देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने बिश्वास व्यक्त गरेका छ्न ।
अबको निर्वाचनमा सुनवल नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष पदको प्रत्यासी ज्ञानचन्द यादव जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।
प्रकाशित मिति: २०२२-०५-०१ , समय : १०:०३:२६ , ३ वर्ष अगाडि