रुपन्देहीमा अबैध लागुऔषध सहित तीन जना प्रहरीको नियन्त्रणमा

उर्मिला यादव यात्री , ४३३  पटक हेरिएको

भैरहवा, कार्तिक १८

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अबैध लागु औषध सहित तिन जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार यहि कार्तिक १५ गते जिल्लाको मायादेवी गाऊँपालिका वडा नं-७ भन्सार चोकमा भारतबाट नेपाल तर्फ लागु औषध ओसार पसार हुदै छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतीय नम्बर यु पि ५५ न ६३४६ नम्बरको मोटरसाईकल तथा चालक सम्मरीमाई गा.पा.वडा नं.-७ बस्ने बर्ष २१ को तुल्सी लोध, पछाडी सवार सोहि स्थान बस्ने बर्ष २१ को सनि कुमार मिश्र र भारत जिल्ला सिद्धार्थनगर थाना अडिगहवा बस्ने बर्ष १९ को पवन कुमार हरिजनलाइ नियन्त्रणमा लिएको हो ।

तिनै जनालाई रित पुर्वक खानतलासी गर्दा मोटरसाईकल चालक तुलसी लोधको साथबाट भिभो कम्पनीको मोबाईल १ थान र पवन कुमार हरिजनको साथबाट इनफिनिक्स कम्पनीको मोबाईल १ थान बरामद भएको प्रहरीले जनाएको छ । यस्तै गरि सोही मोटरसाईकलको विचमा सवार रहेका शनि कुमार मिश्रले आफ्नो छातीमा लुकाई छिपाई राखेको अबस्थामा २/२ एम.एलको झोल सहितको डाईजेपाम ९१ एम्पुल, फेनरागन-७६ एम्पुल र टालजेसीक-२२ एम्पुल गरी १ सय ८९ एम्पुल लागु औषध बरामद भएको छ भने मिश्रको साथवाट रियल मि कम्पनीको मोबाईल १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । लोध , मिश्रा र हरिजनलाइ पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-११-०४ , समय : ११:५१:२० , २ वर्ष अगाडि