बझाङ जिप दुर्घटनामा नेपाली सेनाले गर्याे उद्वार

७ को मृत्यु ,१८ जना घाइते

उत्तम कुमार थापा , ७१०  पटक हेरिएको

बझाङ, कार्तिक २

बझाङको मष्टा गाउँपालिका वडा नम्बर १ मा भएको जिप दुर्घटनामा नेपाली सेनाले उद्वार गरेको छ । आज सदरमुकाम चैनपुर नजिकै रहेको डुग्रीबाट मष्टा गाउँपालीका जादैगरेकाे जीव दुर्घटना भएको हाे। जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ७ पुगेको छ । जिप दुर्घटना भएपछि विरभद्रजङ्ग गुल्म पानकाेट व्यारेक बाट सह सेनानी अनुप हमालकाे नेतृत्वमा १५ जना नेपाली सेना घटना स्थलमा गएर उद्वार गरेका हुन । नेपाली सेनासँगै नेपाल प्रहरीका डिएसपी जागेश्वर भण्डारीकाे नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी वल बझाङका डिएसपी नेत्र केशीकाे नेतृत्वमा सशस्त्र प्रहरी गरि सबै सुरक्षा निकाय उद्वारमा खटेकाे प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनु भएको छ ।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या ७ पुगेको हो ।

दुर्घटनामा परि मृत्युु हुनेमा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका−७ का ४२ वर्षीय झरेन्द्र बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताउनु भयो ।

दुर्घटनामा परि १८ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्कि देवि भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा- १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ।

प्रकाशित मिति: २०२२-१०-१९ , समय : २१:०७:५३ , २ वर्ष अगाडि