रबिन्द्र यादव , ३१० पटक हेरिएको
नवलपरासी, कार्तिक १
अखिल नेपाल महिला संघ संघिय क्षेत्र नं १ अन्तर्गत नवलपरासी पश्चिमको विस्तारित बैठक सोमबार बर्दघाट-१ मा सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष राधा ढकालको अध्यक्षता तथा पुर्व मन्त्री , जनता प्रगतिशील पार्टीका केन्द्रीय संयोजक र प्रतिनिधि सभा सदस्य उम्मेदवार हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यतामा बसेको विस्तारित बैठकलाई सम्बोधन गर्दै महिला अधिकार, सशक्तिकरण र समान अवसरका लागि अझै आवाज उठाउनुपर्नेमा जोड दिइएको थियोे ।
अर्थतन्त्र र राजनिती बिचौलियाहरुको हातमा बढ्दो क्रममा रहेकोमा दुख व्यक्त गर्दै त्रिपाठीले प्राप्त गरिएको उपलब्धिलाई बचाउन र यसलाई चुनौती दिनलाई आफ्नो उम्मेदवारी रहेको बताउनु भएको छ । उहाले भन्नु भयो भुकम्पको बेला विदेशबाट प्राप्त अनुदान अरबपति विनोद चौधरीले दस हजार घर बनाउन प्रतिबद्धता गरेपनि चार हजार घर मात्र बनाए र जसमध्ये १८ सय घर अहिले पनि जिर्ण अवस्थामा रहेको भन्दै बाकी पैसा बंगलादेशको ढाका स्थित होटेलमा लगानी गरेको आरोप लगाउनु भएको छ ।
बैठकलाई नेकपा एमाले कि संविधान सभा सदस्य सिन्धु जलेसा बुढाथोकी, क्षेत्र नं १ (क) प्रदेशसभा सदस्य उम्मेदवार पुण्य प्रसाद पौडेल , क्षेत्र नं १ (ख) उम्मेदवार दिपकराज शर्मा भट्ट, समानुपातिक उम्मेदवार सरिता खनाल, खिमलाल पोखरेल, डोलराज भण्डारी, धिरज शर्मा बस्याल, जनता प्रगतिशील पार्टी जिल्ला संयोजक राधेरमण पाण्डे, माया देवि पौडेल लगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण यमकुमारी सुवेदीले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२२-१०-१८ , समय : ११:५०:५९ , २ वर्ष अगाडि