रुपन्देही खबर , ५८४ पटक हेरिएको
धकधइ, बैशाख १६
स्थानीय तहको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी रहेको छ । बैशाख तीस गते हुने स्थानीय तहको निर्वाचनका लागि रोहिणी गाउँपालिकामा समेत चुनावको माहोल बढ्दै जान थालेको छ भने
जनमत पार्टी केन्द्रिय अध्यक्ष वैज्ञानिक डा.सिके राउत नेतृत्वको रोहिणी गाउँपालिका अध्यक्ष पदको उम्मेदवार विष्णु चौधरी तथा उपाध्यक्ष रिना हरिजनको टोलिले रोहिणी गाउँपालिकामा घरदैलो कार्यक्रमलाइ तिब्रता दिदै आएको छ ।
टोलिले आज रोहिणी गाउँपालिका वडा नम्बर १ को बर्गदहि , बेनिपुर, च्यानपूर्वा , बगहा, सेमरपानी र हनुमान गढिया लगायत टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको रोहिणी गाउँपालिका अध्यक्ष पदको उम्मेदवार विष्णु चौधरीले जानकारी दिनु भएको छ ।
सामाजिक संस्थाको नेतृत्व लिदै सामाजिक विकासको क्षेत्रमा अमुल्य योगदान पुर्याउनु भएको चौधरी जनमत पार्टीबाट रोहिणी गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेपछि थप चर्चा चुलिएको छ । स्वच्छ छवि भएका, शिक्षित युवा, विकासको खाका कोर्न सक्ने ,योजना निर्माण गर्न सक्ने उम्मेदवारका रुपमा चौधरीको चर्चा पालिकामा चलेको छ ।
सामाजिक समस्या निरुपण गर्दै गाउँको विकासमा युवाले योगदान पुर्याउनुपर्छ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै आफू चुनावी मैदानमा होमिएको अध्यक्षका उम्मेदवार चौधरीले बताउनुभयो । वडा भित्रका हरेक क्षेत्र ,हरेक वर्ग र भूगोलको समस्या पहिचान गरि गाउँको विकासमा योगदान पुर्याउने लक्ष्य बोक्नुभएका अध्यक्षका उम्मेदवार चौधरीले शैक्षिक रूपान्तरणलाई प्रमुख योजना बनाउनु भएको छ । शिक्षाको विकासले अरु धेरै विकासका बाटो खोल्ने भएकाले गाउँ भित्र समय सुहाउँदो शैक्षिक रूपान्तरण गर्नु आवश्यक रहेको उहाँको भनाई छ ।
तराइ क्षेत्र कृषिको सम्भावना धेरै भएकाले कृषिमा लगानी बढाउदै कृषिको आधुनिकीकरण र व्यवसायिकरण सँग कृषकलाई जोडने , किसान का समस्या समाधान गर्ने लगायत पर्यटकिय क्षेत्रको विकास गरि आन्तरिक तथा वाहय पर्यटक भित्राउँदै आर्थिक विकासमा जोड दिने,स्वास्थ्यमा सबै नागरिकको सहज पहुँचका लागि लगानी गर्ने आफ्नो योजना रहेको उम्मेदवार चौधरीले बताउनुभयो ।
आफ्नो क्षेत्रमा पूर्वाधार विकासमा जोड दिने, सिंचाई,खानेपानीका समस्या क्रमश समाधानका लागि योजनावद्ध रुपमा आफू लाग्ने चौधरीको योजना रहेको जनमत पार्टीले सबै वडामा काम गर्न सक्ने ,गाउँको विकासमा भूमिका निर्वाह गर्न सक्ने उम्मेदवार खडा गरेकाले यस पटक वडा भित्रका हरेक नागरिकले विकास,समृद्धि र शुशासनका लागि आफू र आफ्नो सबै प्यानललाई अत्याधिक मत दिएर विजयी गराउने विश्वास रहेको अध्यक्ष पदका उम्मेदवार चौधरीले बताउनुभयो
प्रकाशित मिति: २०२२-०४-३० , समय : ००:२४:०१ , ३ वर्ष अगाडि