आगामी मंसिर ४ मा हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको नमुना मतदान बुटवलमा सम्पन्न

रुपन्देही खबर , ३४७  पटक हेरिएको

भैरहवा, असोज २९

नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनको नमुना मतदान सम्पन्न भएको छ । बुटवल १५ दुर्गा भवानी प्राथमिक विद्यालयमा भएको नमुना मतदान कार्यक्रममा विभिन्न प्रकृतिका अपांगता भएका व्यक्तिहरु र सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।


आगामी निर्वाचनमा अपांगता भएका व्यक्तिहरुलाई आफ्नो मताधिकारको सहज प्रयोग, अपांगतमैत्री संरचना र मत बदर हुन नदिन अपनाउनुपर्ने सावधानी सहित नमुना मतदान गरिएको नेत्रहिन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलले बताउनुभयो ।

नमुना मतदान कार्यक्रममा ह्लिचियर प्रयोगकर्ता, दृष्टिविहिन, शारिरीक अपांगता, बहुअपांगता, न्यून दृष्टिविहिन लगायत अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो । निर्वाचन आयोग द्धारा उपलब्ध गराइएको नमुना मतपत्रको प्रयोग गरी निर्वाचन अधिकृत, पर्यबेक्षक , प्रतिनिधी लगायतको व्यवस्था गरी नमुना मतदान गरिएको थियो ।

उक्त नमुना मतदान कार्यमा स्थानियहरुको उत्साहजनक सहभागिता रहेको पहुंच परियोजनाका रुपन्देही जिल्ला अधिकृत लक्ष्मी पाण्डेले बताउनुभयो ।

प्रकाशित मिति: २०२२-१०-१५ , समय : २०:०९:४४ , २ वर्ष अगाडि