रुपन्देही क्षेत्र नम्बर २ सत्तागठबन्धनका उम्मेदवार गुरुङको उम्मेदवारी खारेज

स्वतन्त्र भनिएका डा.निकोलसको पनि मनोनयन खारेज, एमाले उपाध्यक्ष पौडेललाई बन्यो चुनाव सहज

रुपन्देही खबर , ४४६  पटक हेरिएको

भैरहवा, असोज २६

रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपाध्यक्ष बिष्णु पौडेलसँग प्रतिस्पर्धाका लागि सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका राजु गुरुङको मनोनयन खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उनी विरुद्धको उजुरीको छानवीन पछि उम्मेदवारी खारेज गरेको हो ।

निर्वाचन ऐन को दफा १३ (ज) र प्रतिनिधि तथा प्रदेशससभा निर्वाचन निर्देशिकाको दफा १६(ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयले गुरुङसँगै सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारका लागि मनोनयन दर्ता गरेका कमल भुसाल (डा.निकोलस) र हिमाल बस्यालको उम्मेदवारी पनि खारेज भएको जनाएको छ ।

आयोगले राती प्रकाशन गरेको सूचनामा निर्वाचन निर्देशिका २०७९ को दफा १५ को (ङ) बमोजिम उम्मेदवार हुन योग्यता नपुगेको भन्दै भुसालको उम्मेदवारी खारेज भएको उल्लेख गरिएको छ ।खबरकुरा

प्रकाशित मिति: २०२२-१०-१२ , समय : ०९:२३:४२ , २ वर्ष अगाडि