रुपन्देहीको क्षेत्र नं ५ बाट घिमिरेद्वारा मनोनयन दर्ता

रुपन्देही खबर , ४६४  पटक हेरिएको

भैरहवा,असोज २३

रुपन्देहीको क्षेत्र नं ५ बाट नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा बासुदेव घिमिरेले मनोनयन दर्ता गर्नु भएको छ ।

शनिबार अपरान्ह उक्त क्षेत्रबाट एमालेले घिमिरेलाई टिकट दिएको भएपनि आईतबार दिउँसो उहाको टिकट फिर्ता गरेर खिमलाल भट्टराईलाई दिएको थियो ।

घिमिरेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पत्र अनुसार मनोनयन गरेको घिमिरेका सहयोगी बिष्णु अर्यालले बताउनु भएको छ । खबरकुरा डटकम

प्रकाशित मिति: २०२२-१०-०९ , समय : १६:३७:३५ , २ वर्ष अगाडि