रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा एमालेले घिमिरेलाई उम्मेदवार बनाउने

रुपन्देही खबर , १८८  पटक हेरिएको

भैरहवा, असोज २३

२०७४ को चुनावमा काँग्रेसका भरत शाहले जितेको रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेले वासुदेव घिमिरेलाई उम्मेदवार बनाउने भएको छ । तिलोत्तमा नगरपालिकाको निवर्तमान मेयर रहनु भएको घिमिरेलाई एमालेले रुपन्देही-५ बाट प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो । तिलोत्तमामा मेयर हुँदा उहाले गरेको कामबाट तिलोत्तमा नगर देशमै नमूना कहलिएको थियो । 

उहाको नेतृत्वमा भएको तिलोत्तमाको विकासको मुलुकभरी नै चर्चा हुने गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि तिलोत्तमाको भ्रमण गरी तिलोत्तमाको विकासबाट मुलुकले पाठ सिक्नुपर्ने बताउनु भएको थियो ।

घिमिरेलाई रुपन्देहीको क्षेत्र नम्बर ५ बाट एमालेले टिकट दिएपछि अहिले क्षेत्र नम्बर ५ का नागरिकमा उत्साह थपिएको छ । मेयरका उम्मेदवार घिमिरेले आफूलाई यहाँका जनताले विश्वास गरेर जिताए क्षेत्र नम्बर ५ लाई तिलोत्तमा जस्तै नमूना बनाउने बताउनु भएको छ ।

“क्षेत्र नम्बर ५ बाट मेरो उम्मेदवारी पक्का भएको छ’, घिमिरेले भन्नु भयो –“अव जितका लागि तयारी गर्दै छु ।” यो निर्वाचन क्षेत्रबाट यसअघि खिमलाल भट्टराई उम्मेदवार बन्ने चर्चा थियो । उहा एमालेबाट राष्टियसभाका प्रमुख सचेतक भएकाले एमालेले टिकट नदिएको बताइएको छ । राष्टियसभामा उहाको कार्यकाल अझै १६ महिना बाँकी छ ।

श्रोत : न्युज कारखाना

प्रकाशित मिति: २०२२-१०-०९ , समय : ०९:३३:३६ , २ वर्ष अगाडि