रुपन्देही–३ (क) बाट प्रदेशसभा सदस्यमा कसौधनको नाम सिफारिस

रुपन्देही खबर , २९९  पटक हेरिएको

भैरहवा, असोज १९

नेकपा (एकीकृत समाजवादी) ले रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा युवा नेता शार्दुल मयुर कसौधनको नाम सिफारिस गरेपछि सामाजिक सञ्जाल, चिया पसल तथा चोक चोकमा उहाको चर्चा हुँदै आएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि युवा नेता कसौधनको नाम सिफारिस भएपछि उहालाई उम्मेदवार बनाउनुपर्ने सामाजिक सञ्जालमा माग समेत हुन थालेको छ । सामाजिक सञ्जालमा शुभेच्छुकहरुले उहालाई सफलताको शुभकामना समेत दिइरहेका छन् ।

यद्यपि गठबन्धनबाट क्षेत्र नम्बर ३ (क) नेकपा (एकीकृत समाजवादी)को भागमा पर्छ कि पर्दैन, त्यो टुंगो लाग्न बाँकी नै छ । गठबन्धबाट उम्मेदवार हुने मौका पाए निर्वाचन जित्ने कसौधनले बताउनु भएको छ । उहाले भन्नु भयो , ‘गठबन्धनबाट हालसम्म निर्णय भएको छैन्, म उम्मेदवार बन्न तयार छु, उम्मेदवार बन्न पाए निर्वाचनमा जित्छु भन्नेमा विश्वस्त छु । ’ 

राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल रहेको र जनतासँग नजिक रहनु नै आफ्नो जीतको आधार रहेको उहाको भनाइ छ ।

लियो जिल्ला परिषद ३२५ पी नेपालका जिल्ला परिषद अध्यक्ष लिलामणि न्यौपाने (एम.डी.)ले युवा नेता शार्दुल मयुर कसौधन उम्मेदवार भए जित्ने धेरै आधार रहेको बताउनु भएको छ । उहाले भन्नु भयो ‘सर्वप्रथम उहाँ युवा नेता हुनुहुन्छ, त्यस्तै उहाँ स्पष्ट नीति तथा कार्यक्रमसहितको नेतृत्व गर्ने क्षमता (सामाजिक क्षमतावान व्यक्तित्व हुनुहुन्छ ।’

लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष कमल परियारले शार्दुल मयुर कसौधन युवा वर्गमा चर्चित नाम भएको बताउनु भएको छ । उहाले भन्नु भयो , ‘लियो डिष्ट्रिकको नेतृत्व सम्हालिसक्नुभएका युवा नेता कसौधनले जनताको पक्षमा काम गर्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छौं । ’ युवाले नै अब जिम्मेवारी लिनुपर्ने र युवाबाट जनताले विकासको अपेक्षा गरेको उहाको भनाइ छ ।

को हुन् शार्दुल मयुर कसौधन ?

वि.सं. २०४३ साल वैशाख १३ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा जन्मिनु भएको शार्दूल मयुर कसौधन राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल हुनुहुन्छ । २०६७–२०६८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटीको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको कसौधन मदन भण्डारी स्पोर्टस् एकेडेमी सिद्धार्थनगरका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहा एमाले सिद्धार्थनगर कमिटी सदस्यमा समेत निर्वाचित हुनु भएको थियो । पार्टी विभाजन पश्चात नेकपा (एकीकृत समाजवादी) मा लाग्नु भएको कसौधन हाल उक्त पार्टीको रुपन्देही जिल्ला सदस्य, सिद्धार्थनगर कमिटी उपाध्यक्ष, पार्टी निकट युवा संघ रुपन्देहीको जिल्ला सचिव तथा पिपुल्स भोलेन्टियर लुम्बिनी प्रदेशका सचिव हुनुहुन्छ ।

कम्युनिष्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नु भएको ३६ वर्षिय कसौधन राजनीतिकसँगै विभिन्न सामाजिक संघ–संस्थाको नेतृत्व समेत गरिसक्नु भएको छ। उहा लियो क्लब अफ सिद्धार्थनगरका संस्थापक टेमर हुनुहुन्छ । त्यस्तै लियो क्लब अफ सिद्धार्थनगरको अध्यक्षको जिम्मेवारी सम्हालि सक्नु भएको कसौधन लियो क्लब डिष्ट्रिक ३२५ बी २ नेपालका प्रेसिडेण्ट तथा राष्ट्रिय उपाध्यक्ष समेत भइसक्नु भएको छ । उहा लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष समेत रहनु भएको छ । त्यस्तै कसौधनले जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०१६ को महासचिव तथा २०२२ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हालि सक्नु भएको छ ।

आफ्ना बुवाको प्रेरणाबाट राजनीति क्षेत्रमा लाग्नु भएको युवा नेता कसौधन निरन्तर सोही क्षेत्रमा क्रियाशिल रहनु भएको छ। शार्दुलका बुवा आदित्य नारायण कसौधन संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अनुशासन विभागका सदस्य हुनुहुन्छ ।

 
श्रोत : खबर पात्रो

प्रकाशित मिति: २०२२-१०-०५ , समय : १०:१९:३२ , २ वर्ष अगाडि