यदुवंशी युवा समाज रुपन्देहीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम भैरहवामा सम्पन्न

उर्मिला यादव यात्री , १३८१  पटक हेरिएको

भैरहवा, असोज १५

यदुवंशी युवा समाज रुपन्देहीले आज भैरहवामा एक कार्यक्रमका बिच दशहरा, दिपावली एवम छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

यदुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा.रणधिर यादवको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागीहरुले यदुवंशी युवाहरु मिलेर सहकार्य गर्दै अगाडि बढनु पर्ने बताएका छ्न । रुपन्देही जिल्लामा यादवहरुको बाहुल्यता रहेकोले यदुवंशी युवा समाजलाई बिस्तार गर्दै लैजानु पर्नेमा जोड दिएका छ्न ।


समय परिवर्तन भए संगै हाम्रो समाजमा अझै पनि केहि बिकृतीहरु रहेकोले यसलाइ हटाउदै समाजमा परिवर्तन ल्याउन जरुरी रहेको सहभागीहरुले औल्याएका छ्न। यदुवंशी युवा समाजलाई एउटा नमुना समाजको रुपमा बिकास गर्न जरुरी रहेकोले सबै मिलेर नया सोचका साथ हातेमालो गर्दै अघि बढनु पर्ने सहभागीहरुको भनाइ छ ।


कार्यक्रममा यदुवंशी युवा समाज रुपन्देहीका उपाध्यक्ष बिकास यादव, बिजय यादव,यदुवंशी युवा समाजका सचिव राकेश कुमार यादव,कोषाध्यक्ष राकेश यादव र बरिस्ठ उपाध्यक्ष राकेश यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा यदुवंशी युवा समाज रुपन्देहीका सम्पुर्ण पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-१०-०१ , समय : २१:४६:५३ , २ वर्ष अगाडि