रुपन्देही युवासमुहद्वारा रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

उर्मिला यादव यात्री , १३८०  पटक हेरिएको

भैरहवा, असोज १५

रुपन्देही युवा समुह जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा रक्तदान तथा बिजयादशमी,शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज भैरहवामा सम्पन्न भएको छ ।

रुपन्देही युवा समुहका अध्यक्ष बिशाल गुप्ताको अध्यक्षता तथा समुहका संस्थापक आनन्द प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आनन्द प्रसाद गुप्ताले रक्तदान नै जिवनदान भएकोले रगतको अभावमा बाचिरहेका बिरामीहरुलाइ रगत दिएर सहयोग गर्न अपिल गर्नु भएको छ । उहाले रुपन्देही युवा समुहले रक्तदान मात्रै नभइ समाजमा धेरै उदाहरणीय कार्य गर्दै आएको बताउनु भएको छ ।

उहाले समाजमा बस्ने युवाहरूको क्षमता बिकास तथा उत्थान लगायत विभिन्न क्रियाकलाप गर्दै आएको जोड दिनु भयो ।यस्तै गरी समुहका अध्यक्ष बिशाल गुप्ताले कार्यक्रममा २१ जनाले रक्तदान गरेको बताउनु भएको छ । उहाले यस समूहले हरेक बर्ष विभिन्न बिधामा काम गरेका ब्यक्तिहरुलाई हिरोज अफ पब्लिक अवार्ड दिदै आएको र यो बर्ष कार्तिक १९ गते प्रदान गरिने समेत बताउनु भएको छ ।

रक्तदान गरेका २१ जनालाई प्रमुख अथिति गुप्ताले प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो । कार्यक्रममा समुहका पदाधिकारी, क्लबका सदस्य, सरोकारवाला तथा स्थानीय लगायतको सहभागिता रहेको थियो । रुपन्देही युवा समुहमा जिल्लाभर गरी २ सय भन्दा बढी सदस्य रहेका छ्न ।

प्रकाशित मिति: २०२२-१०-०१ , समय : १८:३१:५८ , २ वर्ष अगाडि