जिल्ला स्तरीय मतदाता शिक्षा सम्बन्धी कार्यक्रम रुपन्देहीमा सम्पन्न

लक्ष्मी पाण्डे , ३८०  पटक हेरिएको

भैरहवा, असोज १४

अपांगता भएका व्यक्तीहरुका लागि दुइदिने जिल्ला स्तरीय मतदाता शिक्षा सम्बन्धी कार्यक्रम रुपन्देहीमा सम्पन्न भएको छ । नेत्रहिन युवा संघ रुपन्देहीको आयोजना र आइएफइएस, युएसएआाइडीको अपांगता भएका व्यक्तीहरुका लागि पहुचयुक्त निर्वाचन परियोजना अन्तर्गत रुपन्देहीका विभिन्न अपांगता भएका २५ जना व्यक्तीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा मतदाता शिक्षा तथा राजनैतिक पहुचँ सन्दर्भमा दुइ दिन सम्म विभिन्न विषयमाथि छलफल भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला निर्वाचन कार्यलयका प्रमुख अयोध्यान प्रसाद भण्डारीले अरुलाई जत्तिकै अपांगता भएका व्यक्तीहरुका लागि पनि मतदाता शिक्षा आवश्यक रहेछ भन्ने आयोगलाई अनुभुति भएको बताउनु भएको छ । आउदै गरेको निर्वाचनका लागि गरिने मतदाता शिक्षा कार्यक्रममा आयोगले अपांगता भएका व्यक्तीलाई समेट्ने प्रतिबद्धता जनाउनुभयो ।

मतदाता शिक्षा र राजनैतिक सहभागीताका बारे भण्डारीले सहजीकरण गर्नुभएको थियो ।कार्यक्रममा बोल्दैनेत्रहिन युवा संघका अध्यक्ष टिकाराम पौडेलले राजनितिक सहभागीता सुनिश्चतताका लाागि नेत्रहिन युवा संघले दबाबमुलक कार्यक्रम गरिरहने भन्दै अपांगता भएका व्यक्तीमा मतदान गर्नुपर्छ भन्ने कुराको महसुुुस हुन थालेको बताउनुभएको छ ।

परियोजनाका प्रमोटर सुस्मा हुमागाइ र इसराज भाट्टले पहुचयुक्त निर्वाचन, मतदान प्रक्रिया, मिथ्या सुचना ,दुसप्रचार ,सामाजिक सञ्जालको प्रयोग लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

परियोजनाका फिल्ड अधिकृत लक्ष्मी पाण्डेले २५ जना अपांगता भएका व्यक्तीले एक व्यक्ती १५ जना अपांगता भएका व्यक्तीलाई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । परियोजनाले गएको स्थानिय निर्वाचनमा पनि अपांगता भएका व्यक्तीलाई निर्वाचनमा पहुच पुर्याउन विभिन्न कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-३० , समय : १९:५५:३५ , २ वर्ष अगाडि