रुपन्देही खबर , ३४१ पटक हेरिएको
कृष्णनगर, असोज १०
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ बस्ने राहुल पाण्डेय आउने मंसिर ४ गते हुने प्रदेश सभाको चुनावमा कपिलवस्तु क्षेत्र नं ३ ख बाट उमेदवारी दिने बताउनु भएको छ ।
राहुल पाण्डेयले क्षेत्रको शिक्षा, स्वास्थ्य, युवाका लागि रोजगारी, कृषिमा प्रोत्साहन, महिला सशक्तिकरण लगायतका सवालहरूलाई चुनावी ऐजेंडा बनाएर चुनावमा जाने तयारी रहेको बताउनु भएको छ । अहिले भने कुन पार्टीबाट चुनावमा आउने एकिन नभएको तर आफू निर्वाचनमा भाग लिने बताउनु भएको छ ।
प्रकाशित मिति: २०२२-०९-२६ , समय : २१:४२:३८ , २ वर्ष अगाडि