अमृता अनमोल , ३८८ पटक हेरिएको
बुटवल , असोज १०
बुटवलमा सोमबारदेखि दसैं सस्तो बजार सुरु भएको छ । उपभोक्तालाई कम मूल्यमा सरल र सहज रुपमा दैनिक उपभोग्य सामान उपलब्ध गराउन भन्दै बुटवल उद्योग वाणिज्य संघले सस्तो बजार सञ्चालनमा ल्याएको हो । मेलाको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्नु भएको छ ।
उहाले महँगीले समस्या पारेका बेला यस्ता बजारले उपभोक्तालाई केही राहत हुने विश्वास व्यक्त गर्नु भएको छ ।
पाँच दिनसम्म चल्ने दसैं सस्तो बजारमा लत्ताकपडा, जुत्ताचप्पल, चामल, तेल, चिया, कफी, अचार, साबुन लगायत दैनिक उपभोग्य सामान राखिएका छन् । अण्डा, कुखुरा, जिरा मसला, ताजा फलफूललगायतका खाद्यान्न बजारमा छन् ।
नेपाल दुग्ध विकास संस्थान (डीडीसी), साल्ट ट्रेडिङ, नेपाल खाद्य संस्थानसहित विभिन्न कम्पनीका घिउ, पनिर, रसवरी लगायतका दुग्धजन्य उत्पादन बिक्री वितरण तथा नयाँ नोट सटहीको व्यवस्था मिलाइएको संघका महासचिव बिमलराज भट्टराईले बताउनु भएको छ ।
प्रकाशित मिति: २०२२-०९-२६ , समय : १९:१९:३८ , २ वर्ष अगाडि