धनी राम काेरी , ५२० पटक हेरिएको
कपिलवस्तु, भदौ ४
नेपाल जनता पार्टीले निर्वाचन आयाेगमा समानुपातिक उमेदवारकाे नाम बन्द सुची बुझाएको छ। हिन्दूराष्ट्रको पुनर्स्थापना,सनातन हिन्दू धर्म संरक्षणार्थ, देशलाई भ्रष्टाचार मुक्त बनाउने, शिक्षा,स्वास्थ्य, र समयसमयमा कृषकहरूलाई मलखाद,सिंचाईको लागि, नहर कुलो , डीप बोरिंग लगायत अन्य मुल एजेन्डाका साथ प्रतिनिधि सभा र प्रदेश सभाकाे चुनावमा जनता समक्ष जाने कुरा नेपाल जनता पार्टीका केन्द्रीय प्रबक्ता पुनीत कुमार पाठकले बताउनु भयो ।
समानुपातिक तर्फ को प्रतिनिधि सभा र प्रदेश सभा को प्रदेश नं.१, मधेश प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशकाे बन्द सूची निर्वाचन आयाेग बुझाएको प्रबक्ता पाठकले जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२२-०९-२० , समय : १५:५१:०२ , २ वर्ष अगाडि