कपिलवस्तुमा लागूऔषध चरेस सहित एक जना पक्राउ

प्रिन्स मिश्रा , ५००  पटक हेरिएको

कपिलवस्तु,भदौ २

प्रहरीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको छ। बॉर्डर आउट पोस्ट (बिओपी) कृष्णनगरको टोलीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको हो । शनिबार साँझा करिब ४ बजे बॉर्डर आउट पोस्ट (बिओपी) कृष्णनगरका प्रहरी निरिक्षक जोगेन्द्र केसीको कमांडमा खटिएको टोलीले कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो । संकाको आधारमा चेक-जांच गर्दा झोलाबाट ३.९ किलो चरेस भेटिएको थियो ।

पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उप-महानगरपालिका-१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोसीले बताउनु भएको छ । पक्राउ परेका जोगीलाई लागूऔषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरी उपरीक्ष मेखराज जोशीले जानकारी दिनु भएको छ ।

पक्राउ परेका जोगीलाई कार्यवाहिको लागि ईप्रका कृष्णनगरलाई बुझाईएको डिएसपी जोसीले जानकारी दिएका छन ।

प्रकाशित मिति: २०२२-०९-१८ , समय : १८:१२:१३ , २ वर्ष अगाडि