रामु भुसाल , २६७ पटक हेरिएको
नवलपरासी भदौ २६
स्थानिय सरकारले वन सम्बन्धि विनियम वनाई सबै सामुदायिक वनहरुलाइ समेटेर लैजानु पर्ने सुनवल नगरपालिकाको नगर प्रमुख विमला अर्यालले बताउनुभएको छ । साथै अर्यालले बिकास निर्माणमा सामुदायिक वनहरु संग सहकार्य गरी सुनवल नगरपालिकालाई समृद्ध बनाउन आफु कटिबद्ध रहेको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ नवलपरासीको आयोजनामा आज सुनवलमा आयोजित रेडप्लस रणनिति र उत्सर्जन न्युनिकरण कार्यक्रमको कार्यान्वयनमा स्थानिय सरोकारको भुमिका सम्बन्धि छलफल कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
महासंघका जिल्ला अध्यक्ष कमल परियारको अध्यक्षता , सुनवल नगरपालिकाकी नगरप्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यता , तथा सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश , सचिवालय सदस्य नारायण पाण्डेको बिशेष आतिथ्तामा सम्पन्न कार्यक्रममा बिशेष अतिथि पाण्डेले सामुदायिक वनमा सरकारको निर्णय अनुसार विभिन्न खाले समस्याहरु देखिएको हुदा वन नियमावली २०७९ को केही बुदाहरु सच्याउनु पर्ने देखिएको बताउदै उपभोक्ताहरुका सहजताका लागी काठ दाउरा निकासीमा केही बर्षे देखि आएका समस्यालाई राज्यले छिटो समाधान गरी काठ दाउरा सहज ढंगले निकासी गरी उपभोक्तालाई बितरण गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा कृष्ण प्रसाद बगाले ,भक्तिराम मरासिनी लगायतले मन्तव्य राख्नुभएको थियो । सो अवसरमा सुनवल नगरपालिकाका जनप्रतिनिधि , कार्यपालिका सदस्य,माहासघका पधाधिकारी, पत्रकार , लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै जिल्ला महासंघको आयोजनामा आईतबार नै रेडप्लसको प्रक्रियाबारे बहुसरोकारवाला छलफल कार्यक्रम सुनवलमा सम्पन्न भएको छ । महासंघका जिल्ला अध्यक्ष कमल परियारको अध्यक्षता , सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश , सचिवालय सदस्य नारायण पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। सो अवसरमा रविन्द्र चौधरी , कृष्ण जिवन तिवारी , राजकुमार श्रेष्ठ , कर्ण बहादुर सेन , दामोदर न्यौपाने, लगायतले मनतव्य राखनुभएको थियो भने कार्यक्रमको सहजिकरण महासंघका रमेश तिमिल्सिना र लुमाकान्त भुषालले गर्नुभएको थियो ।
महासंघकी सुमित्रा भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला महासंघकी सचिव शारदा पोखरेलले गर्नुभएको थियो ।
नवलपरासीका ६३ ओटा सामुदायिक वन रहेको छ भने ४२ हजार १ सय ११ घर धुरी र ८ हजार ५ सय ६१ हेक्टर वन जंगल रहेको छ । र सो सामुदायिक वनबाट २ लाख ५५ हजार ६१ जनासंख्या प्रत्यक्ष लाभान्वित रहेका छन् ।
प्रकाशित मिति: २०२२-०९-११ , समय : १८:४२:५८ , २ वर्ष अगाडि