सोर्सको खेतीले दक्ष युवायुवती बेरोजगारीको मारमा

सृष्टि काफ्ले , ३१८  पटक हेरिएको

कपिलबस्तु, भदौ २६

आखिर कहिले सम्म सोर्सको खेल चल्ने हो नेपालमा ? सोर्सको खेती गर्नेहरुले बिर्सनुहुन्छ आफ्नो मान्छेको जिन्दगी राम्रो बनाएपनि अरु कसैको जिन्दगीसंग भने खेलवाड भएको हुन्छ । राम्रो मान्छे पछि परेको हुन्छ भने हाम्रो मान्छे , आफ्नो मान्छे पछिपरेको हुन्छ । अनुसन्धान गर्दै जाने हो भने नेपालमा ८० प्रतिशत युवावर्गहरm सोर्सको खेतीबाट दुखी, निरास अनि पिडित छन् । यस्तै उदाहरणका पात्र हुन रमेश एसएलसीको मार्कशिटमा ८० प्रतिशत,, एचएसइबि अनि ब्याचलरको मार्कशित ७५ प्रतिशत कलेज टपर जागिरको लागी एकठाउँबाट अर्को ठाउँसम्म भौतारिरहन्छ ।

लिखित परिक्षा , अन्तरवार्ता दिदादिदै थाक्छ उ । भोली सबै ठिक हुन्छ भनेर कहिले कहाँ , कहिले कुन ठाउँ जान्छ । सोर्स नचल्ने कुनै ठाउँ भेटिदैन । कहिले दाङ, कहिले बुटवल , कहिले नेपालगञ्ज , कहिले काठमाण्डौ परिक्षा दिन , अन्तरवार्ता दिन जादाँजादै थाक्छ उ । कैयौ पटक उसले लगाएको जुत्ता च्यातिन्छ ,जुत्ता हातमा लिएर सम्झन्छ आमाले साहुको मेलापात गरेर किनिदिएकी हुन्छिन् । मुख निन्याउरो बनाउँदै सोच्छ नयाँ जुत्ता किन्देउ आमा कसरी भन्ने होला ।

उसलाई अन्तरवार्ता लिने सबै अचम्मित पर्थे । हरेक प्रश्नको चलाखीपूर्ण तरिकाले सहि उत्तर आत्मविश्वासका साथ दिने गरथ्यो । उसका प्रतिस्पर्धीहरm अन्तरवार्ता दिइसकेपछि कोठाबाट मुख फुल्लाउदै निस्कन्थे ।आफनो पालो कुरेर बसिरहेको उसले सुन्थियो सुडडोहरmले के के सोधेसोधे केही आएन । अन्तरवार्ता रामो्र गरेको रमेशलाई कहिले जागिरमा छनोट भएको फोन आएन । उसले कहिले आफनो आमाबुवालाई अनुहारमा पिडा देखाएन । आमाको शरीरमा वर्षौ पुरानो च्यातिएमो सारी देख्दा उसलाइ पिडा हुन्थयो ।जागिर खाएर आमालाइ राम्रो सारी किनिदिने उसको सपना पूरा हुन सकेको थिएन । झुपडी घर चुहिन्थ्यो पानी पर्दा चुहिएर उसको कपडा ,बिस्तारा सब भिजेको हुन्थियो । झुपडी घरलाई पक्की बनाउन चाहान्थियो ,आमालाई नयाँ चोली सारी किनिदिन चाहान्थ्यो तर उसगँ पैसा थिएन । हरेक कार्यक्रममा प्रथम भएर पाएको मेडल , सर्टिफिकेटले उसलाई गिज्याउथ्यो । धेरै कोसिस गर्दा जागिर नपाएपछि उसले पुरानो बाकसमा आफनो सर्टिफिकेटहरु थन्कायो ।

एकदिन उसको घरमा विदेश गएर फर्कैका फुपुका छोराहरm आए । रमेशले सम्झियो उसका भान्जा दाइहरm पहिले पहिले आउदा मैलिएको च्यातिएको कमिज पाइन्ट लगाएर आउथेँ तर यो पटक भने बा्रन्डेड कपडा , बा्रन्डेड जुत्ता ,कालो चस्मा लगाएर आएका थिए । रमेशको घरमा सबलाइ एकजोर कपडा ल्याइदिएका रहेछन । विदेश जादाँ लाएको रिन तिरेर सकियो , दुइ तल्ला घर बनिसक्यो अझै एक तल्ला थप्नेविचारमा छौ भनेको सुन्दा रमेशलाइ विदेश जाने इच्छा जाग्यो । बाबा आमा साहुकोे भारी बोकेर यो छोरा पढाउनुभयो ,मैले पनि दिनरात नभनी पढे ,गरिबको घरमा जन्मेर जागिर खान सकेन ,जबसम्म नेपालमा आफनो मान्छे लाई जागिर दिने रितीरिवाजको अन्त्य हुदैन म जस्ता गरिबका छोराछोरी विदेशीनुपर्छ रमेशले मलिनो हुदै भन्यो । छोरा त चिन्ता नगर जे छ तेही खालास,जे छ तेही लाउलास विदेश नजा अर्काको देशमा दुख हुन्छ भनेर आमा बाबाले सम्झाउदा पनि नमानेपछि पैसा खोजेर दुबइ पठाए । धेरै धन कमाएर पक्की घर बनाएर आमा बुवालाई सुखसगँ पाल्ने सपना बोकेर विदेश गयो ।

घाम पानी नभनी काम गर्न थाल्यो । घरमा पो आमाले आफु भोकै बसेर खाना खुवाउथिन । विदेशमा कसैलाइ कसैको मतलब हुन्थेन । कहिले भोकै ,कहिले पाउरोटी खाएर बाचेको थियो । घर फर्किन चाहान्थ्यो तर बाध्यताले प्रदेश बस्न बाध्य थियो । समय बित्दै गयो उसले सबै ऋण तिरेर सक्यो अब अलिअलि घर बनाउने पैसा कमाउने बेला बिरामी भएर एक हप्ता थला परयो । तातो पानी तताएर दिने कोही भएन उसलाइ ज्वरोले च्याप्दै जान्छ र उसको मृत्यु हुन पुग्छ ।यता घरका रमेशले पैसा पठाइदिने आसमा बसिरहेको हुन्छन् । एक्कासी रमेशका बाबालाई फोन आउछ काठमाण्डौ सामान लिन आउनु भनेर । छोराले के के पठायो भनेर काठमाण्डौ जाँदा आफनै अगाडी जवान छोराको लास देख्दा आमाबुवा भक्कानिन्छन । बहिनी , आमा छिनछिनमै होस हराय जस्तै गर्छन । आमा रातभर छोरा भन्दै कराउछिन र्बबराउछिन । रमेशको घर बनाउने ,आमाबुवा पाल्ने सपना अधुरो रह्यो । उसले आफनै गाउठाउमा जागिर पाएको भए यसरी ज्यान गुमाउन पर्थेन होला । सोर्सको खेती आजभोली जहाँतही फस्टाइरहेको छ । जागिर दिने कुरामा मात्र होइन यहाँ सरकारी सेवासुविधा उपयोग गर्दापनि सोर्सफोर्स हुनेहरm प्राथमिकतामा पर्ने गरेका छन् ।

सरकारले ल्याउने निती कार्यक्रममा टाठाबाठा ,पहुचहुनेले फाइदा लिइरहेका हुन्छन् । राम्रो, दक्ष भन्दापनि हाम्रो , मेरो,फलानो राजनितिक पार्टीको सदस्य,फल्नो मन्त्रीको छोराछारी ,सालासाली,भान्जाभान्जी भनेर जागिर दिदाँ एक सामान्य मान्छे जो सक्षम,क्षमतावान् छ उसलाइ अन्याय हुन्छ, उ निरास बन्छ, उ भित्रभित्र तुत्छ,आत्मविश्वासको कमी हुन जान्छ । उसलाई ठूलो चोट पर्न जान्छ किनकी उ भन्दा धेरै कमजोर बल्लबल्ल पास भएकाहरmले सोर्सफोर्सले गर्दा जागिर खाइरहेका हुन्छन् । नगरपालिका, वडा,स्थानीय तह, विभिन्न सङ्घसस्थाले लिने ,लोकसेवाले लिने परिक्षा,अन्तरवार्ता निष्पक्ष,पारदर्शी,भरपरदो,वास्तविक हुनुपर्छ । आफनो मान्छे राख्ने नै हो भने विज्ञापन खोल्नु नै हुदैन । टाढाबाट आस बोकेर ऋण खोजेर परिक्षा दिने,अन्तरवार्ता दिनेहरुलाइ अन्याय गर्नु राम्रो होइन् ।

प्रकाशित मिति: २०२२-०९-११ , समय : ११:५२:०५ , २ वर्ष अगाडि