१९ औं निजामति सेवा दिवसमा ओमसतियामा विविध कार्यक्रम सम्पन्न

गाउँपालिकामा सेवा लिन आएका पहिलो सेवाग्राही बेल्वासे र ज्ञवालीलाई सम्मान

रुपन्देही खबर , २५२  पटक हेरिएको

भैरहवा , भदौ २२

 

१९ औं निजामति सेवा दिवसको अवसरमा ओमसतिया गाउँपालिकामा आज बिभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र ओमसतियाको आयोजनामा ओमसतिया गाउँपालिकामा सेवा लिन आएका पहिलो सेवाग्राही केशव बेल्वासे र मधु ज्ञवालीलाई सम्मान गरिएको छ ।

 

दिवसकै अवसर पारेर कर्मचारीहरुले ओमसतिया गाँउपालिका परिसरमा वृक्षारोपण समेत गरेका छ्न । निजामति कर्मचारी दिवसको अवसर पारी कर्मचारी मिलन केन्द्र ओमसतियाले कुर्ची दौड प्रतियोगिता पनि सम्पन्न गरेको छ । प्रतियोगितामा चक्रपाणी गैरे प्रथम, खगेश्वर चापागाई द्वितिय र सरिता गिरी तृतिय हुनु भएको थियो ।

 

यसै गरि हण्डिफोर प्रतियोगितामा शंकर भण्डारी, चक्रपाणी गैरे, केशव प्रसाद चौधरी र सागर यादव विजेता बन्नु भएको छ भने बाईक रेसमा प्रथम बिरेन्द्र पासी, द्वितिय राजेश यादव र तृतिय सागर यादव हुनु भएको कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष शंकर भण्डारीले जानकारी दिनु भएको छ । बाईक रेसमा महिला तर्फ दुर्गा पराजुली प्रथम, बर्षा भण्डारी द्वितिय र शालु कुंवर तृतिय हुनु भएको थियो ।

 

कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष शंकर भण्डारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यतामा सम्पन्न मूल समारोह समितिमा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम, शिक्षा शाखा प्रमुख हरि प्रसाद पोखरेल, लेखा शाखा प्रमुख कमल प्रसाद शर्मा लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन महिला विकाश शाखा प्रमुख शारदा शर्माले गर्नु भएको थियो ।

 

प्रकाशित मिति: २०२२-०९-०७ , समय : १९:३५:२३ , २ वर्ष अगाडि