सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा विर्सती मेला सुरु

उत्तमकुमार थापा , २३१  पटक हेरिएको

बझाङ, भदौ २२

सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा विर्सती मेला सुरु भएको छ ।बझाङ जिल्लाकाे छविस पाथिभरा गाउँपालीका र दुर्गाथली गाउँपालीकाकाे विच केन्द्रमा पर्ने विसाैना बजारमा मेला लाग्ने गर्छ ।यहीँ १८ गते बाट सुरु भएको मेला करिब हप्ता दिन सम्म चल्ने गर्दछ । विसाैना बजारमा लाग्ने याे चाड पर्व दुर्गाथलीकाे वडा नम्बर ७ दाैला र छविस पाथिभरा गाउँपालीकाकाे वडा नम्बर ६ विसाैनामा लाग्ने गरेको देखिन्छ ।

पहिलाको लेकगाउँ गाविसमा लाग्ने गरेको मेला अहिले स्थानीय सरकार बनेपछि विभिन्न तरिकाले पर्वलाई बनाउने गरिन्छ । करिव १८ गते देखि सञ्चालनमा आएको बिर्सती मेलाकाे २० गते उद्घघाटन गरिएको थियो ।

उद्घघाटनमा दुर्गाथली गाउँपालीका वडा नम्बर ५ का अध्यक्ष तथा मेला व्यवस्थापन समिति संयोजक वकिल जप्रेलकाे अध्यक्षतामा सुरुभएकाे कार्यक्रमका प्रमुख अतिथि दुर्गाथली गाउँपालीकाका अध्यक्ष दिलबहादुर थापा रहनु भएको थियो । विशिष्ट अतिथि छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त चलाउने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल दुर्गाथली उपाध्यक्ष जनक दाैल्याल सुरक्षा निकायका प्रमुख लगायत अन्य जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

 

विर्सती मेलाकाे बिषयमा बाेल्दै छविस पाथिभरा गाउँपालीका अध्यक्ष बसन्त चलाउनेले यो मेलाको आफ्नै पहिचान रहेकोे र त्याे पहिचान नाैविस बासिले देखाउनु भएको बताउनु भएको छ । मेला पहिला परापुर्व कालमा लेकगाउमा लाग्ने भएको भएता पनि उता बाट सरेर विसाैला बनाउने गरेका छाै । पहिला राङ्गा जुधाएर मनाईने मेला समाज परिवर्तन सँगै अहिले पुरानो डेउडा ,भलिबल लाेकदाेहरी लगायतका विभिन्न खेलहरु खेलाउन्छाै उहाले भन्नू भयाे ।

 

आफू गाउँपालीका प्रमुख भएको नाताले हाम्रो समाजकाे रितिरिवाज हाम्रो समाजको संस्कृति यहाँ रहेका पर्यटन क्षेत्रकाे बिकास लाई प्रवर्द्धन गर्न स्थानीय सरकारले सबै भुमिका खेल्ने र जनताको जनचाहना अनुसार काम गर्ने बताउनु भएको छ ।

 

यस्तै दुर्गाथली गाउँपालीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि थापाले विकास लाई तिव्रता दिदै दुवै गाउँपालीकामा सहकार्य गर्न आफू निरन्तर सरल हुने दावी गर्नु भएको छ । उपाध्यक्ष जनक दाैल्यालले यस बिर्सती मेलालाई कसैले राजनीतिकरण नगर्न चेतावनी दिदै हाम्रो बिर्सतिकाे सभ्य भव्य तरिकाले समापन गर्न सबैलाई अनुराेध गर्नु भएको थियो ।

कार्यक्रमका सह- संयोजक रहनु भएको विराट बुढाले यहाकाे स्थानीय सरकारले अहिले पुराना नाचगान लाई प्राथमिकता दिदै, लाेकदाेहोरी गायक छत्र शाही,डेउडा गायक तथा सुदुरकी चर्चित छाेरी रेखा जाेशी बझाङले जन्माएकाे चर्चित गायक सुनिल नेपाली लगायतका कलाकार ल्याएकाे र मेला भव्य हुने दावी गर्नु भएको छ ।

 

मेलामा भलिबल प्रतियोगिता ,डेउडा प्रतियोगिता लाेकदाेहोरी प्रतियोगिता लगायत कार्यक्रमहरु सन्चालन भैरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०९-०७ , समय : १४:३७:१७ , २ वर्ष अगाडि