गोपाल सेवा समिती रुपन्देहीको भवन सांसद यादवद्धारा शिलन्यास

एक बर्षभित्रमा भवन बन्नुपर्नेमा यादवको जोड

उर्मिला यादव यात्री , ४६७  पटक हेरिएको

भैरहवा, भदौ २१

गोपाल सेवा समिती रुपन्देहीको भवन सोमबार एक कार्यक्रमका बिच शिलन्यास गरीएको छ । गोपाल सेवा समिती रुपन्देहीको आयोजनामा मायादेवी गाउपालिका वडा नम्बर ६ गुरवनियामा रुपन्देही क्षेत्र नम्बर ४ का संघिय सांसद प्रमोद कुमार यादवले एक कार्यक्रमका बिच भवनको शिलन्यास गर्नु भएको हो ।

गोपाल सेवा समिती सियारी रुपन्देहीले श्रीकृष्ण जन्माष्टमीको अवसरमा यहि भदौ ३ गते गरेको रक्तदान ,सम्मान तथा बिरहा मुकाबला कार्यक्रममा सांसद यादवले समितीको भवन निमार्णका लागी एक कठठा जग्गा दान दिने घोषणा गर्नु भएको थियो । जसको मुल्य एक करोड बराबरको रहेको छ । आफनो बचनबद्धतालाई पुरा गर्दै सांसद यादवले गोपाल सेवा समिती रुपन्देहीको भवन सोहि जग्गामा शिलन्यास गर्नु भएको हो ।

भवनको शिलन्यास गर्दै सांसद यादवले गोपाल सेवा समिती रुपन्देहीको भवन धेरै बर्षदेखि जग्गा उपलब्ध हुन नसकेकोले भवन बन्नमा ढिलाई भएको बताउदै अबको एक बर्षभित्रमा नै यो भवन बन्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै सांसद यादवले हामीले सबै समुदायलाई जोडेर, एक साथ अघि बढनुपर्नेमा जोड समेत दिनु भएको छ ।

उहाले यादव समाज एकताका साथ अगाडी बढन जरुरी रहेको बताउदै यस्तो हुन सकेमा हाम्रो समाज, घरपरीवार, गाउ हुदै देशको समेत बिकास हुने बताउनु भएको छ । सांसद यादवले जिल्लाका सम्पुर्ण यादवहरु मिलेर आ आफनो तर्फबाट आफुले सकेको जति गोपाल सेवा समितीलाई योगदान गर्न समेत आग्रह गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा बोल्दै गोपाल सेवा समिती रुपन्देहीका अध्यक्ष भरथरी यादवले गोपाल सेवा समितीको भवन शिलन्यास हुनु गर्वको बिषय भएको बताउनु भएको छ । बिगत लामो समय देखि समितीको भवन नहुदा गोपाल सेवा समिती रुपन्देहीले धेरै समस्याको सामना गर्नु परेकोले अब यो समस्या समाधान भएकोले यादव समुदायमा खुसियाली छाएको बताउनु भएको थियो ।

 

 

यस्तै गरी भवन शिलन्यास कार्यक्रममा बोल्दै मायादेवी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष अग्नु प्रसाद यादवले विबिधताले भरीएको हाम्रो समाजमा एकता हुन आवश्यक रहेको बताउनु भएको छ । उहाले गोपाल वंशमा यादवहरुको जन्म हुनु गर्वको कुरा भएकोले हामी मिलेर अगाडी बढनुपर्नेमा जोड दिनु भएको थियो ।

 

बि स २०४८ सालमा डाक्टर रोहीणी प्रसाद यादवको अध्यक्षतामा गोपाल सेवा समिती रुपन्देहीको स्थापना भएको थियो । बिभिन्न आरोह अवरोह पार गर्दै यहा सम्म आइपुगेको यो समिती यदुवंश समाजको लागी गौरवको बिषय भएको सहभागीहरुले बताएका छन ।

समितीका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवको अध्यक्षता तथा समितीका केन्द्रिय सदस्य तथा बरिष्ठ उपाध्यक्ष मातृका प्रसाद यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा मायादेवी गाउपालिका अध्यक्ष धुर्व नारायण चौधरी , सियारी गाउपालिका अध्यक्ष थानेश्वर घिमिरे , मर्चवारी गाउपालिका अध्यक्ष गयाप्रसाद बरइ, रोहीणी गाउपालिका भुतपुर्व गाबिस अध्यक्ष सनोज कुमार यादव, गोपाल सेवा समितीका पुर्व अध्यक्ष महेन्द्र यादव, समितीका संस्थापक सचिव सुग्रीव प्रसाद यादव लगायत बिभिन्न गाउपालिका अध्यक्ष , वडाध्यक्ष, समितीका पदाधिकारी, सल्लाहकार , सरोकारवाला लगायत स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।

 

कार्यक्रममा सुपरस्टार बिरहा गायक हरकेश यादव र सुनिता यादवले बिरहा गीत मार्फत आ आफनो कला प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-०६ , समय : १०:२९:५० , २ वर्ष अगाडि