कांग्रेस नवलपरासीद्वारा प्रतिनिधिसभा क्षेत्र न: २ बाट ४ जनाको नाम सिफारिश

हुसेन अन्सारी , ४७१५  पटक हेरिएको

परासी, भदौ २०

नेपाली कांग्रेस जिल्ला कार्यसमिति नवलपरासीले प्रतिनिधि सभा क्षेत्र नंं २ बाट ४ जनाको नाम सिफारिश गरेको छ । जिल्ला कार्यसमितिले १८ गते बसेको बैठकबाट प्रतिनिधिसभा पदकोे उम्मेदवारका लागी प्रत्यक्ष तर्फ ४ जना र सामानुपातिक तर्फबाट पनि ३ जनाको नाम कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिलाई सिफारिश गरेको पार्टीका जिल्ला सचिव कुलदिप आचार्यले जानकारी दिनु भएको छ ।

 

पार्टीले प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि प्रत्यक्ष तर्फबाट देवेन्द्र राज कण्डेल, भिम बहादुर थापा क्षेत्री, नरेन्द्र कुमार गुप्ता र दुर्गा काईरालाको नाम सिफारिश गरेको छ भने सामानुपातिक तर्फ अर्जुन कुमार पोख्रेल, रामचन्द्र मौर्य कोईरी, मन्जु खत्रीको नाम सिफारिश गरेको जिल्ला सचिव आचार्यले जानकारी दिनु भयो ।

उहाँले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारको रुपमा जिल्लाबाट देवेन्द्रराज कण्डेलको एकल नाम सिफारिश नभएको र विभिन्न सामाजिक संजालमा आएका यस्ता सामाचार तथा अभिव्यक्तिहरु अधिकारिक नरहेको दावी गर्नु भएको छ ।

 

हाल प्रतिनिधि सभा सदस्य, पुर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल नेपाली कांग्रेसको दुई पटक केन्द्रिय सदस्य र ५ पटक सांसदका लागि उम्मेदवार बनी सक्नु भएको छ ।

 

 

नेता कण्डेलको एकल नाम सिफारिश भएको छैन । अरुले पनि अवसर पाउनु पर्छ त्यहि भएर आएको नाम मध्ये जिल्ला कार्यसमितिले उम्मेदवारका लागि ४ जनाको प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा लुम्बिनी प्रदेश कार्यसमितिलाई जिल्लाले नाम सिफारिश गरेको उहाले बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०९-०५ , समय : १८:५९:३७ , २ वर्ष अगाडि