जसपा कपिलवस्तु ३ बाट यादवको नाम सिफारिश

रुपन्देही खबर , ११०५  पटक हेरिएको

कपिलवस्तु, भाद्र १९

जनता समाजवादी पार्टीको कपिलवस्तु जिल्ला संसदीय निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समिति भेलाले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पार्टीका प्रदेश अध्यक्ष अशोक कुमार यादवलाई सर्वसम्मत उम्मेदवार चयन गरेको छ । पार्टीको शुक्रबार चन्द्रौटामा सम्पन्न भेलाले सो निणर्य गरेको हो ।

 

जसपाले प्रदेशसभा ३ (क) का लागि प्रत्यक्षतर्फ जगदम्बा प्रसाद चौधरी कुर्मी, सत्तीस चन्द्र गुप्ता, प्रमिला चौधरी एवं मिनहज आलम खाँलाई सिफारिस गरेको छ भने प्रदेशसभा ३ (ख) का लागि शिवपुजन यादव, आरती सिंह यादव, अस्लम खान एवं अब्दुल नबाब साहको नाम सिफारिस गरेको छ । त्यसैगरी समानुपातिक तर्फ प्रतिनिधिसभाका लागि रामचरन प्रसाद यादव, तजरुम मेहताब खाँ, सन्तराम तेली, रेखा श्रीवास्तव एवं अब्दुल रहिम खानलाई सिफारिस गरेको छ ।

 

समानुपातिक तर्फ नै प्रदेश सभाका लागि पुनम चौधरी, प्रभु यादव, खुर्सीद आलम खाँ, राम किसुन यादव, जगमोहन बरई, साहिदा खातून, चिन्कनी थारुको नाम सिफारिस गरेको छ ।

 

त्यसैगरी बैठकले आगामी असोज २ गते निर्वाचन क्षेत्रस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निणर्य गरेको क्षेत्रीय अध्यक्ष जगदम्बा प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-०९-०४ , समय : २३:१२:४९ , २ वर्ष अगाडि