निजामती कर्मचारी यूनियनद्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

तीस जना कर्मचारीले गरे रक्तदान

गौरीशंकर जयसवाल , ३५२  पटक हेरिएको

परासी, भदौ १९

नेपाल निजामती कर्मचारी यूनियन पश्चिम नवलपरासीले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यूनियनले अफनो स्थापना दिवसको अवसरमा आज पृथ्बीचन्द्र अस्तपालमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । मानवीय सेवा गरी रगत अभाव हुन नदिनको लागि उक्त उदेश्यले कर्मचारीहरुले रक्तदान गरेको यूनियनको सचिव सुन्दर खनालले बताउनु भएको छ ।

उहाको अनुसार रेडक्रस सोसाईटीको प्राबिधिक सहयोग तथा पृथ्बीचन्द्र अस्पतालको समन्वयमा उक्त बृहत रक्तदान गरिएको जानकारी दिनु भएको छ । बृहत रक्तदान कार्यक्रममा यूनियन र ईकाई समितीका पदाधिकारीहरु गरी ३० जनाले रक्तदान गरेको जिल्ला यूनियनका अध्यक्ष सन्त गिरीले जानकारी दिनु भएको छ ।

 

नवलपपरासीका यूनिययन जिल्ला अध्यक्ष सन्तगरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै जयसवालले स्थापना दिवसको शुभकामना व्यक्त गदै कर्मचारीले नागरिकलाई सरल सहज र छिटोछरितो सेवा प्रवाह गर्नुपर्नेमा जोेड दिएका थिए ।

 

कार्यक्रममा यूनियनका केन्द्रिय सदस्य मनिष अधिकारी ,यूनियनका पूर्व अध्यक्ष सुनिल लामिछाने लगायतले स्थापना दिवसको शुभकामना व्यक्त गर्नु भएको थियो । यूनियन नवलपरासी भदौ १९ गतेलाई स्थापना दिवस मनाउदै आएको छ ।

प्रकाशित मिति: २०२२-०९-०४ , समय : १२:५३:५४ , २ वर्ष अगाडि