याेगदान राष्ट्रकाे लागि कपिलवस्तुको साधारणसभा सम्पन्न

धनिराम कोरी , ६४६  पटक हेरिएको

कपिलवस्तु , बैशाख १०

कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवामा याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाकाे प्रथम जिल्ला साधारणसभा तथा सदस्यता वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

जिल्ला सह-संयाेजक मधु सुनारकाे अध्यक्षतामा भएको प्रथम साधारणसभाबाट अध्यक्ष (संयाेजक) मा राम शब्द यादव , उपाध्यक्ष (सह-संयाेजक) पुन: मधु सुनार , सचिवमा शिवा कसाैधन , सहसचिवमा रामु यादव , काेषाध्यक्षमा नारायणी पाैडेल , सदस्यहरुमा कमल गिरी र घनश्याम यादव चयन भएको छन् ।

साधारणसभाबाट मिडिया संयाेजकमा धनी राम काेरी , कार्यक्रम संयाेजकमा देवी राम काेहार , सह-संयाेजकमा विनदेश्वारी यादव , सल्लाहकारमा इन्दु थारु , गाेपी कृष्ण श्रेष्ठ , बबिता गिरी , प्रभुनाथ गुप्त चयन भएको छन् । साथै कार्यक्रममा सदस्यता वितरण समेत गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले हाम्रो समाजमा अझै पनि यस्तो संगठनकाे खाचो रहेको बताउनु भएको छ । युवा पुस्तामा आएको परिवर्तनमा युवाहरुकाे महत्त्वपूर्ण भुमिका रहेको जोड दिनु भयो । कार्यक्रममा बोल्दै
उपप्रमुख गुप्ताले युवाहरुलाइ जुनसुकै समयमा आफु सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रमकाे विशिष्ट अतिथि गाेपी कृष्ण श्रेष्ठ , कपिलवस्तु नगरपालिका वडा नं १० का दलित महिला सदस्य सुनिता चमार लगायतकाे सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०४-२३ , समय : २१:३०:१९ , ३ वर्ष अगाडि