पश्चिम नवलपरासीमा खाेलामा डुबेर एक बालककाे मृत्यु

पप्पु रेग्मी , ४३३  पटक हेरिएको

बर्दघाट, भाद्र १८

पश्चिम नवलपरासीकाे बर्दघाट नगरपालिका वडा नं. १४ स्थित खजुरा खोलामा डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

 

मृत्यु हुनेमा बर्दघाट नगरपालिका वडा नम्बर ७ बस्ने सिताराम चाैधरीकाे छाेरा अन्दाजी ९ वर्षको
निखिल चाैधरी रहेका छ्न । प्रहरीका अनुसार घरबाट करिब १ कि.मी.पूर्व तर्फ रहेकाे खजुरा खोलामा पाैडि खेल्ने क्रममा आज डुबेर मृत्यु भएको हो ।

मृतक चाैधरीको शरीरलाई खोलाबाट स्थानीयले निकालेर स्थानीय मेडिकलमा पुर्याए पछि मेडिकलले मृत घोषणा गरेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: २०२२-०९-०३ , समय : १९:३६:५४ , २ वर्ष अगाडि