कपिलवस्तुमा जय महाकाल युवा समुहको संगठन विस्तार

धनी राम काेरी , ५१४  पटक हेरिएको

कपिलवस्तु , भदौ १६

जय महाकाल युवा समुहले “भोकालाई भोजन प्यासी लाई पानी” भन्ने मुल नाराका साथ नेपालकाे विभिन्न जिल्लामा संगठन विस्तारकाे कामलाई तीव्रता दिएको छ । यसै क्रममा कपिलवस्तुमा पनि जय महाकाल युवा समुहकाे गाउँ पालिकाको स्तरीय संगठन गठन गरिएको छ ।


विजयनगर गाउँपालिका स्तरीय समिति गठन गरिएको छ जसकाे अध्यक्षमा शम्शेर सिंह कुर्मी , उपाध्यक्षमा राज कुमार पासी , सचिवमा सदानन्द चौधरी , सहसचिवमा जय प्रकाश कोरी , कोषाध्यक्षमा स्वेता चौधरी र सदस्य तथा सल्लाहकार लगायत १७ जनाकाे समिति गठन गरिएको हाे ।


समितिको सल्लाहकारमा शिवपुजन कोरी , रामनारायण काँशी , मनीराम काँशी , रविन्द्र कुमार चौधरी र फेसबुक पेज चलाउनमा – ओम प्रकाश चौधरी, केशरी कान्त चौधरी र रवि चाैधरीकाे संयोजकत्वमा समिति गठन भएको जय महाकाल युवा समूहका केन्द्रीय सदस्य सीता गौतमले जानकारी दिनु भएको छ ।

लाैटनराम द्राैपदी माध्यमिक विद्यालय गणेशपुरमा जय महाकाल युवा समुह केन्द्रीय कार्यालय काठमाडौकाे आयाेजनामा विजयनगर पालिका स्तरीय समिति गठन गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि जय महाकाल युवा समूह केन्द्रीय सदस्य रवि आचार्य , विशिष्ट अतिथि जय महाकाल हिन्दू युवा संघका अध्यक्ष धर्मराज विश्वकर्मा, जय महाकाल युवा समूह केन्द्रीय सदस्य सीता गौतम , रूपेश यादव लगायत अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।

कार्यक्रम संचालक जय महाकाल हिन्दू युवा संघ का सचिव जितेन्द्र मौर्याले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०९-०१ , समय : १९:११:११ , २ वर्ष अगाडि