धुर्ब लामिछाने , ५०५ पटक हेरिएको
देवदह , भदौ १३
लामखुट्टटेको टोकाइबाट सर्ने डेङगु रोग अहिले रुपन्देहीमा पनि महामारीको रूपमा फैलिदै गरेको छ। रुपन्देहीको मुख्य शहर बुटवलमा गएको केही हप्ता अगाडि देखि नै डेङ्गी रोग धेरै जनामा देखिएको छ। डेङ्गी भाइरसका कारण हुने रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाउनुपर्ने भन्दै रुपन्देहीको देवदह नगरपालिका अन्तर्गत वडा नम्बर ११,१२ मा डेङ्गु रोग सम्बन्धी पाँचदिने सचेतना एबम् सरसफाई अभियान कार्यक्रम सञ्चालन गरिएको छ।
डेङ्गगु राेग नियन्त्रण तथा न्युनिकरण अभियानमा सिक्टहन स्वास्थय चाैकी तथा वडा नं ११/१२ को सहकार्यमा वडा नं ११/१२ का वडा अध्यक्ष दूधनाथ यादव, डेग बहादुर सारु , स्वास्थय चाैकी प्रमुख रेशम सुनार, जनप्रतिनिधि, महिला स्वयंसेविका साथै स्थानिय वासीहरुको सहकार्यमा पाँचदिने सचेतना एबम् सरसफाई अभियान सञ्चालन गरिएको हो।
डेङ्गी रोग मौसमी ज्वरो जस्तै खतरा समेत भएका कारण यसबाट बच्नका लागि आफ्ना घर वरिपरि सफा जमेको पानी, टीनका डब्बाहरु, बोतल,बाटा, बाल्टिन, कुलर, ट्याङ्की जस्ता विभिन्न पानी जम्ने भाँडाकुँडामा पानी जम्न नदिन सबैले यसबारे ध्यान दिनुपर्ने स्वास्थय चाैकी प्रमुख रेशम सुनारले जानकारी दिनुभयो।
पछिल्लो समय डेङ्गी रोग सबैतिर फैलिएको कारण पनि हामी बेलैमा सचेत हुनुपर्ने स्वास्थ्य चाैकी प्रमुख सुनारले बताउनुभयो।
विभिन्न सिसाका बोतल, टायर, नालाहरुमा धेरै मात्रामा सफा पानी जमेको देखिएको र यसरी पानी जन्म नदिन सबैलाई सचेत गराइएको वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारुले बताउनुभयो। ११/१२ वडाका बजार, टोल टोलमा पुगी डेङ्गु सचेतना तथा सरसफाई अभियान कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको आज दोश्रो दिन रेहारा हुँदै शंकरपुर सम्म डेङ्गु सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। सो अभियान अझै तीनदिनसम्म चल्ने छ।
प्रकाशित मिति: २०२२-०८-२९ , समय : १९:५३:५५ , २ वर्ष अगाडि