रुपन्देहीको भैरहवाबाट स्रोत नखुलेको अबैध रकम सहित एक जना पक्राउ

उर्मिला यादव यात्री , १०६३  पटक हेरिएको

भैरहवा, भदौ १३

रुपन्देहीको भैरहवाबाट स्रोत नखुलेको चौबिस लाख पचास हजार रुपैया अबैध रकम सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर बस्ने २८ बर्षिय सन्दिप शाक्य रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वाइपास स्थित स्रोत नखुलेको अबैध रकम ओसारपसार हुदैछ भन्ने गोप्य सुचनाको आधारमा जिप्रका रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाच गर्ने क्रममा शाक्यले बोकेको कालो रंगको झोलाबाट स्रोत नखुलेको चौबिस लाख पचास हजार रुपैया बरामद गरी पक्राउ गरीएको हो ।

 

पक्राउ परेका शाक्यलाई आवश्यक कारवाहीका लागी आज भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-०८-२९ , समय : १७:१३:१७ , २ वर्ष अगाडि