फेरि तिम्रै हुन मन छ आमा

गजल

उर्मिला यादव यात्री , ४३१  पटक हेरिएको

 

भैरहवा , भदौ १३

तिम्रै काखमा बसेर रुन मन छ आमा
मनभरीको पिडा आसुले धुन मन छ आमा

जन्मायौ हुर्कायौ र पाल्यौ तिमि संस्कारमा
तिमी जस्तै मलाई पनि हुन मन छ आमा
तिम्रै काखमा बसेर रुन मन छ आमा

यो छोरी भन्ने जातैको कर्म खै कस्तो
पराइको घरमा पनि तिम्रै तस्बिर छुन मन छ आमा
तिम्रै काखमा बसेर रुन मन छ आमा

 

पिडा त हजारौं छ्न मनमा सुनाउ त कसलाई
पागल हुन्छु एक्लै यहा त्यहि पिडा धुन मन छ आमा
तिम्रै काखमा बसेर रुन मन छ आमा

अत्याचार र अन्याय सहदा सहदै थाकि सके
कस्तो घरमा दियौ तिमि फेरि तिम्रै हुन मन छ आमा
तिम्रै काखमा बसेर रुन मन छ आमा

 

प्रकाशित मिति: २०२२-०८-२९ , समय : १५:२४:०९ , २ वर्ष अगाडि