कञ्चनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रुपन्देही खबर , ४६५  पटक हेरिएको

बैशाख ८ कञ्चन                                                      आगामी बैशाख ३० मा हुने स्थानिय तहको चुनावका लागि रुपन्देही को कञ्चन गाउपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। आज बिहिवार एक कार्यक्रमका बिच कञ्चन गाउपालिकाको कार्यालयमा सो कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले आसन्न स्थानिय तहको चुनाव सबैको साझा कार्यक्रम भएकोले यस चुनावलाई सबैले शान्तीपुर्ण र भयरहित रुपमा सम्पन्न गर्नु हामी सबैको दायित्व भएको बताउनु भयो । सबै राजनैतिक दल र दलमा सम्बद्ध व्यक्तिहरुको सौहार्दपुर्ण सहकार्य र सहयोगमा गणतन्त्र स्थापना पश्चात हुन लागेको स्थानिय तहको दोश्रो चुनाव सभ्य र स्वस्थ रुपमा सम्पन्न गर्नमा आपसी समन्वय हुनेमा निर्वाचन अधिकृत आचार्यले बिश्वास व्यक्त गर्नु भयो ।

कञ्चन गाउपालिकाका लागि निर्वाचन अधिकृतको रुपमा आउनु भएका जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायधिवक्ता आचार्यले आसन्न स्थानिय तहको निर्वाचन सु सम्पन्न गर्न सबै राजनैतिक दलहरुको भुमिका नै महत्वपुर्ण हुने भएकोले सबै दल तथा कर्मचारीहरुबाट रचनात्मक सहयोग हुनेमा बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा सहायक निर्वाचन अधिकृत तथा प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थी, गाउपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्री, उपाध्यक्ष गोमा तरामु, निर्वाचन आयोगका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२२-०४-२१ , समय : २०:४६:१२ , ३ वर्ष अगाडि