नेशनल माइक्रोफाइनान्स संस्थाद्धारा ब्यवसायिक तरकारी तालिम प्रदान

गौरीशंकर जयसवाल , ५११  पटक हेरिएको

परासी, भदौ ८

पश्चिम नवलपरासीमा व्यवसायिक तरकारी खेतीसम्बन्धी दुई दिने तालिम सुरु भएको छ । नेशनल माइक्रोफाइनान्स लघुवित्त बित्तिय संस्था लि. हकुई शाखाको आयोजनामा व्यवसायिक तरकारी खेतीसम्बन्धी दुइ दिने तालिम सुरु भएको हो ।

संस्थाले आफना सदस्यहरुलाई लक्षित गरी व्यवसायिक तरकारी खेतीसम्बन्धी तालिम दिएको नेशनल माइक्रोफाइनान्स लघुवित्त बित्तिया संस्था लि. हकुई शाखाकी प्रमुख नारायणी थापाले बताउनु भएको छ ।

 

आफना सदस्यहरुलाई व्यवसायिक तरकारी खेतीमा आत्मनिर्भर बनाउन, जिबिकोपार्जन गर्न र परिवारको जिबिकोपार्जनमा सहज पुगोस भन्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको सस्थाका शाखा प्रमुख थापाले जानकारी दिनु भयो ।

तालिममा तरकारी खेतीको महत्व, नर्सरी कसरी राख्ने, बिउको छनोट ,बिउ कसरी उर्मार्ने, तरकारी खेती प्रबिधि तरिकाबाट कसरी गर्ने सकिने,र माटोको उपचार,बिउको उपचार कसरी गर्ने व्यवसायिक तरकारी खेती बनाउनको लागि माटो मिलिनिकरण कसरी गर्ने सम्बन्धी प्रशिक्षण कृषि प्राबिधिक सन्जित चौधरीले दिएको संस्थाकी अनुगमन कार्यालय भलवारी अनुगमन अधिकृत पुष्पा पोख्ररेलले जानकारी दिनु भएको छ ।

 

तालिममा संस्थाका ३५ जना महिला सदस्यहरुको सहभागिता रहेको छ । तालिम दुई दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-२४ , समय : २१:१७:०८ , २ वर्ष अगाडि