पशुपति यादव , ३२५ पटक हेरिएको
धकधइ, भदौ ८
रुपन्देही जिल्लाको रोहिणी गाउँपालिकामा पर्ने श्री रामनरेश उच्च मा.वि. ले पछिल्लो समय शिक्षा क्षेत्रमा फडको मार्दै गएको छ । यस क्षेत्रको पुरानो र सर्वशुलभ विद्यालयको रुपमा रहेको रामनरेश मा. बि .ले समयको माग अनुसार गुणस्तरीय शिक्षा दिन थाले पछि बिद्यालयमा बिद्यार्थीको संख्यामा वृद्धि भएको हो ।
बाल शिक्षा देखि कक्षा १२ सम्म पढाई हुने यस सरकारी विद्यालयमा बिहान र दिउसोका कक्षाहरु समेत सञ्चालन हुने विद्यालयको सूचना शाखाले जानकारी दिएको छ । स्कुलको प्राविधिक शिक्षा तर्फ सिभिल इन्जिनियरिङ्ग कक्षा अंग्रेजीमाध्यमबाट कक्षा सञ्चालन सुरु गरेपछि रोहिणी, ओमसतिया, तिलोत्तमा, देवदह र नवलपरासीबाट समेत यस स्कुलमा विद्यार्थीहरुको आकर्षण बढेको छ ।
विद्यालयमा प्राविधिक बाहेक व्यवस्थापन र शिक्षा संकायका कक्षाहरु समेत पढाई हुने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ सहानी (मुकेश) ले जानकारी दिनु भएको छ । स्कुलमा आधुनिक प्रयोगशालामा कम्प्यूटर ल्याब समेत रहेको श्री रामनरेश यादव उच्च मा.वि. स्वामीनगर धकधईका प्राचार्य रामसुरेश बर्माले जानकारी दिनु भयो ।
समाज परिवतर्न हुदै गएकोले यसैको रफतारमा शिक्षालाई पनि बदल्दो युगको सुहाउदो शिक्षालाई अगाडि लैजानु पर्ने रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ । श्री रामनरेश उच्च मा.वि.लाई पनि आजको आवश्यकतालाई र समुदायको मागलाई मध्येनजर गर्दै सस्तो सुलभ, गुणस्तरीय र परिवतर्नको धारमा बदल्ने सोच रहेको यादवको भनाइ छ ।
रोहिणी गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालय र मदरसा लगायतका विद्यालयहरुको भौतिक पूर्वाधार, शिक्षामा सुधार, शिक्षालाई गुणस्तरतर्फ लैजाने, निजि विद्यालयहरुलाई नेपाल सरकारको मापदण्ड अनुसार लैजाने गाउँपालिकाको ध्यान केन्द्रित रहेको छ ।
प्रकाशित मिति: २०२२-०८-२४ , समय : २०:४८:२३ , २ वर्ष अगाडि