किशोरीहरुलाई शिक्षा दिएर आत्मनिर्भर बनाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुको जोड

उर्मिला यादव यात्री , ५२९  पटक हेरिएको

भैरहवा, भदौ ६

किशोरीहरुलाई शिक्षा दिएर आत्मनिर्भर बनाउनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । किशोरी अधिकार मंच रुपन्देहीको तेस्रो बार्षिक साधारण सभा कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै शनिवार बक्ताहरुले सो कुरा बताएका हुन । पछिल्लो समय सबैभन्दा बढी १२ बर्ष देखि १९ बर्ष भन्दा कम उमेर समुहका किशोरीहरु बढी पिडित भएकोले यो बिषयमा अभिभावकले ध्यान दिन जरुरी रहेको बक्ताहरुको भनाइ छ । किशोरीहरु हरेक ठाउमा हिंसामा पर्दै आएकोले जवसम्म हामीले किशोरी माथि हुने हिंसालाई रोक्न सक्दैनौ तब सम्म सभ्य समाजको परिकल्पना पनि गर्न नसकिने बक्ताहरुले बताएका छन । अभिभावकहरुले आफना किशोर किशोरीलाई समय नदिदा र उनीहरुको समस्या नबुझिदिदा किशोरीहरु झन समस्यामा पर्दै आएका छन । किशोरीहरुलाई शिक्षा दिएर आत्मनिर्भर बनाउन सकेमा किशोरी हिंसाका घटनामा कमी आउने उनीहरुको भनाई छ ।


किशोर अवस्थामा हुने परिवर्तनले गर्दा त्यो समयमा बिभिन्न लोभ, लालच र अनेक सपनाहरु देखाएर किशोर किशोरीलाई कुलतमा लैजाने प्रबृति बढेकोले यसको बिरुद्धमा सबै लाग्नुपर्ने जिल्ला समन्वय समिती रुपन्देहीको प्रमुख उमाकान्त चपाइले बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको चपाइले किशोरीहरु कुनै ठाउमा सुरक्षित नरहेको समेत दाबी गर्नू भएको छ । उहाका अनुसार किशोरीहरु घरमा, बाटोमा ,बसमा , भिडभाडमा र बिद्यालय लगायत धेरै ठाउमा हिंसामा पर्दै आएका छन । घरबाट नै महिला हिंसा हुने भएकोले घरमा ७० प्रतिशत, श्रीमान र ससुराबाट १० प्रतिशत र सासुबाट ६० प्रतिशत महिला हिंसा हुने गरेको एक तथ्यांकले देखाएको बताउनु भएको छ ।

हाम्रो आफनै घरमा भएका किशोर किशोरी उनीहरु कस्तो बाटोमा जादैछन अभिभावकले निगरानी गर्नुपर्ने,र समाजमा भएको बालविवाह रोक्न सकेमा केही हद सम्म किशोरीहरुमा हुने हिंसा रोक्न सकिने चपाइले बताउनु भयो । समाजमा परिवर्तन ल्याउन र किशोर किशोरीहरुमा परिर्वतन गर्नका लागी मनोबिर्मस लगायतका अवस्था बुझनुपर्ने बताउनु भयो । जबसम्म समाजमा भएको बिभेद हटदैन तबसम्म किशोर किशोरीहरुमा परिर्वतन आउन नसक्ने उहाको भनाई छ ।

यस्तैगरी मानव अधिकार आयोग लुम्बिनी प्रदेशका प्रमुख सन्तोष आर्चायले कम उमेरमा बिवाह हुने कार्यलाई किशोरी मंच रुपन्देहीले रोक्नुपर्ने र यस्तो गर्न सकेमा किशोरीहरु आत्मनिर्भर हुने सम्भावना बढी हुने बताउनु भएको छ । कम उमेरमा गरिने बिवाहले घरेलु हिंसाका घटनाहरु बढेकोले जागरण र शशक्तिकरण बनाएर मंचमा आबद्ध गराउन सकेमा केही हद सम्म किशोरीहरुमा परिर्वतन आउने बिश्वास ब्यक्त गर्नु भएको छ ।

यस्तै गरी कार्यक्रममा शुद्धोधन गाउपालिका अध्यक्ष बिष्णु बस्यालले गाउपालिका, नगरपालिका र सामाजिक अभियन्ताहरु मिलेर किशोरी अधिकार मंचका कार्यक्रमलाई स्वागत गर्नूपर्ने बताउनु भएको छ । समाजमा रहेका कुरिती, कुप्रथाको अन्त्य गर्दै हाम्रो रुपन्देही राम्रो रुपन्देही बनाउने मंचले जुन अभियान लिएको छ त्यसलाई आफनो गाउपालिकाले सदैव साथ दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।

कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्र प्रसाद शर्मा , ओरेक कार्यक्रम संयोजक प्रभा पौडेल, सम्मरीमाइ गाउपालिका उपाध्यक्ष प्रियंका शाही सिंह, रोहिणी गाउपालिका उपाध्यक्ष श्रीकान्ती हरिजन लगायतले आ आफनो क्षेत्रमा भएका किशोरीहरुको समस्या र गाउपालिकाले गरेको कार्यको बारेमा जानकारी गराउनु भएको थियो ।


किशोरी अधिकार मंच रुपन्देहीको अध्यक्ष सुनिता हरिजनको अध्यक्षतामा भएको कार्यक्रममा मंचको सचिव रन्जु पासीले प्रगति बिवरण प्रस्तुत गर्नु भएको थियो भने मंचका कोषाध्यक्ष सालिनी मिश्राले आयब्यय प्रस्तुुत गर्नु भएको थियो भने मंचको सहसचिव उर्मिला अग्रहरीले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा रुपन्देही जिल्लाका किशोर किशोरीहरुको सहभागिता रहेको थियो । भने समाजमा हुने गरेका किशोरी सम्बन्धी घटनाहरुको नाटक प्रदर्शनी समेत गरीएको थियो ।

प्रकाशित मिति: २०२२-०८-२२ , समय : ००:२१:०० , २ वर्ष अगाडि