रुपन्देही खबर , ४३४ पटक हेरिएको
भुमही, साउन २८
साहित्य परिषद नवलपरासीको ५४ औं साहित्य शृङ्खला सुनवल १३ स्थित माेतीलाल बहुमुखी क्याम्पसकाे प्राङ्गणमा सम्पन्न भएकाे छ । परिषद्का अध्यक्ष डा. श्यामप्रसाद न्याैपानेकाे सभापतित्व र सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा मुक्तककार तिलक भट्टराई ‘अञ्जान’काे उद्घाटन मुक्तक सङ्ग्रहकाे लाेकार्पण भएकाे थियाे ।
विशिष्ट अतिथि प्राध्यापक हुमाकान्त पाण्डेले कविता विवरणात्मक नभएर हृदयसंवेद्य हुनुपर्ने भएकाेले स्रष्टाहरू अध्ययनशील र लगनशील भएर सिर्जनकर्ममा लाग्नुपर्ने विचार राख्दै स्रष्टाहरूलाई सिर्जन कर्ममा अभिप्रेरित गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख विमला अर्यालले साहित्यले चेतना विस्तार गरी समाज रूपान्तरण गर्ने हुनाले साहित्यिक व्यक्ति र संस्था समाजकाे लागि अपरिहार्य रहेकाे बताउनु भएको छ । साथै नगरले स्रष्टाहरूलाई सम्मान गर्दै साहित्यिक संस्थालाई संस्थागत विकास गर्ने सुनवल नगरपालिकाकाे याेजना रहेकाे विचार राख्नुभएको थियो ।
उक्त कार्यक्रममा तुलसीराम पाण्डे, हुमनाथ आचार्य, रामहरि अधिकारी, वामदेव अधिकारी, लक्ष्मी बस्याल, नैनादेवी बस्यालयादव, सुशील सापकाेटा, कला तिवारी, यज्ञप्रसाद न्याैपाने ‘दीपक’, नारायण न्याैपाने ‘निर्दाेष’, भविश्वर पराजुली, तिलक पाैडेल ‘जिज्ञासु’, ओजस्वी बस्याल लगायत स्रष्टाहरूले रचना वाचन गरेका थिए ।
लाेकार्पित कृतिकाे समीक्षा साहित्यकार रमेश समर्थनले गर्नुभएको थियाे । छविकला तिवारीले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमकाे सञ्चालन यामजित मल्ल ‘कल्पित’ले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: २०२२-०८-१३ , समय : १७:१०:१६ , २ वर्ष अगाडि