नेपाल फेस्टिवल २०२२ फुकुओका जापान बिबीध कार्यक्रम साथ सम्पन्न

उत्तमकुमार थापा , २९७  पटक हेरिएको

बझाङ, साउन २३

नेपाल फेस्टिवल २०२२ फुकुओकम जापान विबिध कार्यक्रमका साथ सम्पन्न भएको छ ।

विगत झण्डै १० वर्ष देखि जापानको फुकुओका शहरमा नेपाली नयाँ वर्षको अवसरमा हुँदै आइरहेको नेपाल फेस्टिवल विश्वभरि नै विकराल रूपमा फैलिएको कोरोना भाइरसका कारण ३ वर्ष देखि हुन सकेको थिएन।

 

यस वर्षको नेपाल फेस्टिवल फुकुओका २०२२ अगष्ट ६ तारिख शनिबार फुकुओका शहरको तेन्जिन चियो पार्कमा सम्पन्न भएको हाे । कार्यक्रम गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति, फुकुओका नेपाल सोसाईटी लगायत क्युस्युमा अवस्थित सम्पूर्ण संघ संस्थाहरुको आयोजनामा सम्पन्न भयको जापान बाट विरेन्द्र धामीले जानकारी दिनु भयाे ।

कार्यक्रममा विशेष सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई जापानिजहरूलाई नेपाल र नेपाली भाषा, संस्कृति, चालचलन रीतिरिवाज बुझाउने मौका पनी पाएकाे स्राेतकाे भनाइ छ । कार्यक्रममा विभिन्न सँघमा आवद्ध नेपाली दाजुभाइहरु उपस्थिति रहनु भएको थियाे । सबै नेपालीहरुले आफ्नै कला सँस्कृति भाषा भाषीकाे जगेर्ना गर्नुपर्ने देखिएकाे छ ।

प्रकाशित मिति: २०२२-०८-०८ , समय : ०६:४२:५७ , २ वर्ष अगाडि