रुपन्देहीको श्री बसन्तपुर दशरथ जनता माबिमा झोला तथा खाजा रकम बितरण

उर्मिला यादव यात्री , ६००  पटक हेरिएको

भैरहवा , साउन १९

रुपन्देहीको ओमसतिया गाउपालिका वडा नम्बर चार प्रसौनीमा रहेको श्री बसन्तपुर दशरथ जनता माबिमा आज एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई झोला तथा खाजा रकम बितरण गरीएको छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादवको प्रमुख आथित्यतामा बिद्यालयको बालबिकास देखि कक्षा ५ सम्मका १ सय ८५ जनालाई झोला तथा खाजा रकम बितरण गरीएको हो । झोला तथा खाजा रकम बितरण.गर्दै प्रमुख अतिथी गाउपालिका अध्यक्ष यादवले बिद्यार्थीको शैक्षिक बिकासका लागी आफु प्रतिबद्ध भएर काम गर्ने बताउनु भएको छ । उहाले शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन गाउपालिका शिक्षा सुधार अभियानका साथ अघि बढेको बताउनु भएको छ । अध्यक्ष यादवले ओमसतिया गाउपालिका भित्र रहेका बिद्यालयहरुको अनुगमन गर्दै आएको र शिक्षा क्षेत्र अनुगमन कार्यलाई निरन्तरता दिनुका साथै शैक्षिक लगानीलाई प्राथमिकताको साथ अगाडी बढाउदै लगेको बताउनु भएको छ । झोला तथा खाजा रकम बितरण कार्यक्रममा ओमसतिया गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष अखिलेश्वर कुमार पाण्डे , बिद्यालयका शिक्षक, अभिभावक , वडा सदस्य , बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरु लगायत बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०८-०४ , समय : २१:४७:४१ , २ वर्ष अगाडि