बैशाख १४ गतेदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न रोहिणी गाउँपालिकाको निर्देशन

रुपन्देही खबर , १३०  पटक हेरिएको

भैरहवा, बैशाख १३

रुपन्देहीको रोहिणी गाउँपालिकाले बैशाख १४ गतेदेखि अनिवार्य विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । भोलि देखी शिक्षककहरु बिद्यालयमा हाजिर नभए शिक्षक कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बैशाख १४ गतेदेखि शिक्षकहरुलाई अनिवार्य रुपमा उपस्थिति भइ नतिजा प्रकाशन, विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायत कार्यसहित नियमित रुपमा पठनपाठन क्रियाकलाप अगाडि बढाउन निर्देशित गरिएको बताउनु भएको छ । यो निर्देशनको अवज्ञा गर्ने शिक्षक, कर्मचारीलाई क्षेत्रात्रिकारभित्र रही आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइने अध्यक्ष यादवले बताउनु भएको छ । ‘नेपाल शिक्षक महासंघको नेतृत्वमा २०८१ चैत २० गतेदेखि निरन्तर शिक्षक कर्मचारी आन्दोलन रहेको छ । लामो समयको आन्दोलनले गर्दा विद्यालयमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक भविष्यमा प्रत्यक्ष प्रतिकूल प्रभाव परिरहेको अवस्था छ, उहाले भन्नु भयो ।

प्रकाशित मिति: २०२५-०४-२६ , समय : २२:५०:२३ , ३ दिन अगाडि

error: कोपि गर्न पाइदैन