रुपन्देहीमा पत्रकारहरुले सुरु गरेको आन्दोलनप्रति लोसपा रुपन्देहीको ऐक्यवद्धता

रुपन्देही खबर , ११५  पटक हेरिएको

भैरहवा, बैशाख ११

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल रुपन्देहीले पत्रकारहरुले सुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । लोसपा रुपन्देहीले बिहीबार विज्ञप्ती जारी गर्दै पत्रकार राधेश्याम विश्वकर्मालाई आक्रमणको प्रयास गर्ने आरोपित व्यक्तिलाई शिघ्र पक्राउ गर्न प्रहरी–प्रशासनसँग माग गरेको हो । पार्टीको रुपन्देही जिल्ला अध्यक्ष रवि कुमार रौनियारले बिज्ञप्ती जारी गर्दै घटनास्थलमा उपस्थित प्रहरीलाई समेत छानबिनको दायरामा ल्याउन ध्यानार्कषण गर्नु भएको छ ।

पीडित पत्रकार विश्वकर्माले किटानी जाहेरी गरेका आक्रमण प्रयास गर्ने व्यक्ति दिपेश यादव रहेको र उक्त व्यक्तिले प्रहरी अगाडि नै कानूनको खिल्ली उडाउँदै क्यामेरामा कैद गरिएको भिडियो मेटाउन लगाएको घटनाले प्रहरीको भूमिका पनि शंकाको घेरामा आएको विज्ञप्तीमा उल्लेख छ ।

‘अन्नपूर्ण मिडिया नेटवर्क (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार, मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष तथा लुम्बिनी प्रेस क्लबका पूर्व कोषाध्यक्ष राधेश्याम विश्वकर्मालाई वैशाख ८ गते सोमबार समाचार संकलन गर्ने क्रममा मायादेवी गाउँपालिका–६ स्थित मकरी भन्ने स्थानमा तस्कर समूहले घेरा हाली आक्रमण गर्ने प्रयास गरेको घटनाको हाम्रो पार्टीले घोर निन्दा गर्दछ, ’विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति: २०२५-०४-२४ , समय : २१:२३:२२ , १४ घन्टा अगाडि

error: कोपि गर्न पाइदैन