गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नभए सिमा नाका बन्द गर्ने चेतावनी

रुपन्देही खबर , १३५  पटक हेरिएको

भैरहवा, बैशाख ११

गौतमबुद्ध विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान हुनुपर्ने मागलाई केन्द्र सरकारले पुरा नगरे सिमा नाका बन्द सहित यातायात ठप्प पार्ने सिद्धार्थनगरवासीले चेतावनी दिएका छन । उनीहरुले अन्तर्राष्ट्रिय बिमानस्थल नियमित रुपमा संचालन नहुदा यहाका उद्योगी ब्यवसायी धरासयी अवस्थामा पुगेकोले यस्तो कदम चाल्न वाध्य भएको बताएका छन । सिद्धार्थनगर नगरपालिकाले सोमबार भैरहवामा आयोजना गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित संचालन सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सिद्धार्थनगरवासीले सिद्धार्थनगर नगरपालिकाको अगुवाइमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन ।

यस्तैगरी सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ ले विमानस्थल नियमित र पूर्णरुपमा सञ्चालन गराउनका लागी यहाका उद्योगी ब्यापारी, राजनितिक दल, स्थानिय लगायत सबै एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ । उहाले आफुहरुको माग पुरा नभए आवश्यक परे आन्तरिक उडान र सीमा नाका समेत ठप्प पार्ने बताउनु भएको छ ।उहाले सरकारले नचाहेर नै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताउनु भएको छ । उहाले आन्तरिक उडान मात्र ठप्प गरे पनि नेपालमा भुइचालो आउने ठोकुवा गर्नु भयो । उहाले १५ दिनसम्म उडान ठप्प पार्न आग्रह गर्दै यसमा सबैलाई साथ दिन आग्रह गर्नु भएको छ ।

यस्तै गरी नगर उपप्रमुख उमा अधिकारीले सबैको साथ र सहयोग लिएर नगरपालिका अगाडि बढ्ने बताउनु भएको छ । उहाले यहाका उद्योगी ब्यवसायी स्थानियको चाहना अनुसार नै आन्दोलनमा जाने बताउनु भएको छ । उहाले आन्तरिक उडान ठप्प पारे मात्र समस्या समाधानमा पहल हुन सक्ने जोड दिनु भयो । उहाले सिद्धार्थनगरलाई आर्थिक रुपमा चलायामान बनाउनका लागी पार्टी भन्दा माथि उठन सके मात्र परिर्वतन ल्याउन सकिने जोड दिनु भयो । उहाले यसको लागी विमानस्थलमा पुगेर धर्ना दिन आवश्यक रहेको बताउनु भयो ।

यस्तै गरी नगर प्रवक्ता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव (भोला) ले गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागी बिगतमा पनि आन्दोलनहरु गरिए पनि त्यो सफल नभएको बताउनु भएको छ । उहाले यहाका उद्योगी ब्यवसायीहरु भन्दा यहाका राजनितीक दलका नेताहरुले आन्दोलन गर्नुपर्ने बताउनु भयो । उहाले सिद्धार्थनगर नगरपालिकाको सम्पुर्ण जनप्रतिनिधीका टिम, रुपन्देहीका १६ वटै पालिकाका प्रमुख, उपप्रमुखहरुको समेत सहभागिता हुने गरी आन्दोलनको आवश्यकता भएको बताउनु भएको छ । उहाले जनप्रतिनिधी समेत गैर जिम्मेवार बन्न नपाउने बताउदै पार्टी भन्दा माथि उठेर काम गर्न सके मात्र सफल हुन सक्ने जोड दिनु भयो । उहाले पार्टी भन्दा पनि अन्तर्राष्ट्रिय बिमानस्थल चलाउने उदेश्यका साथ सबै अघि बढे मात्र उदेश्य प्राप्त गर्न सकिने बताउनु भएको छ । उहाले अन्तर्राष्ट्रिय बिमानस्थल नियमित रुपमा संचालन नहुदा यहाका उद्योगी ब्यवसायी धरासयी भएको अवस्था रहेकाले केन्द्र सरकारले रुपन्देहीवासीको मागलाई पुरा नगरे सबै भन्दा पहिला सिमानाका बन्द सहित यातायात ठप्प पार्न तयार रहनुपर्ने बताउनु भयो ।

यस्तै गरी सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले विमानस्थल सञ्चालन गर्नु सरकारको दायित्व भएको बताउदै उहाले लुम्बिनी प्रदेश सरकारलाई साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ । यस्तै गरी चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले विमानस्थल सञ्चालनका लागि उद्योग, व्यवसाय बन्द गरेर सडकमा आउन तयार रहेको बताउनु भएको छ। उहाले अलगअलग रुपमा नभइ एकढिक्का भएर आन्दोलनमा उत्रिनुपर्ने बताउनु भएको छ ।


यस्तै गरी सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराइ, सिद्धार्थ होटल संघ, नेपालका वरिष्ठ उपाध्यक्ष किशोर जोशी, भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर्र एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापा, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, वाणिज्य उपाध्यक्ष राम मिलन यादव, एशोसियट सदस्य राम अवध गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कूल प्रसाद न्यौपाने, चेम्बर अफ कमर्स, रुपन्देहीका सचिव गौतम कुमार गुप्ता, नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापा, चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य कृष्ण प्रसाद मरासिनी, पर्यटन व्यवसायी श्रीचन्द गुप्ता, नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगरका अध्यक्ष नारायण बहादुर हमाल, चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य शिवम जयसवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व कार्यसमिति सदस्य महेन्द्र कुमार श्रेष्ठ लगायतले बोल्दै विमानस्थल सञ्चालन गर्न नदिने काठमाडौंमा गिरोह नै रहेको आरोप लगाउनु भएको थियो ।

प्रकाशित मिति: २०२५-०४-२४ , समय : १०:०८:२० , २ घन्टा अगाडि

error: कोपि गर्न पाइदैन