जसपा नेपाल रुपन्देहीको ऐतिहासिक जिल्ला अधिवेशन यहि बैशाख १९ गते भैरहवामा हुने

रुपन्देही खबर , ६१  पटक हेरिएको

भैरहवा, बैशाख ११
जनता समाजवादी पार्टी (जसपा), नेपालको प्रथम ऐतिहासिक जिल्ला अधिवेशन २०८२ वैशाख १९ गते भैरहवामा हुने भएको छ । चैत १३ गते हुने भनिएको अधिवेशनको मिति परिवर्तन गरिएको र वैशाख १९ गते गर्ने निर्णय भएको जसपा नेपाल रुपन्देहीले जनाएको छ ।

बैशाख १९ गते शुक्रबार दिउँसो १२ः१५ बजेदेखि सिद्धार्थनगर नगरपालिका–१२ कालिकापथस्थित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सभाहलमा हुने जसपा नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले बताउनु भएको छ । उहाका अनुसार अधिवेशनको पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गर्नुहुनेछ । जिल्ला अधिवेशनको तयारी तीव्र रुपमा अघि बढेको पार्टीको रुपन्देही जिल्ला सचिव विष्णु अधिकारीले बताउनु भएको छ ।

प्रकाशित मिति: २०२५-०४-२४ , समय : ०९:१७:२० , २ घन्टा अगाडि

error: कोपि गर्न पाइदैन