रुपन्देही खबर , ११० पटक हेरिएको

भैरहवा, बैशाख ११
भारतको जम्मु कश्मिरमा मंगलबार भएको आतंकवादीको आक्रमणमा मृत्यु भएका रुपन्देहीको बुटवलका सुदिप न्यौपानेको शव नेपाल ल्याइएको छ । आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि कश्मीर गएका २७ वर्षिय न्यौपानेको मंगलवार हमलामा ज्यान गएको थियो । आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएका हुन् ।
सुदिपको पार्थिव शरीर बिहीबार (आज) बिहान सुनौली नाका हुँदै बुटवलको कालिकानगरस्थित घरमा ल्याइएको हो। परिवार स्रोतका अनुसार पार्थिव शरीर आजै अन्त्येष्टि गरिनेछ । आजै उनको त्रिवेणीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ । अहिले उनको घरमा आफन्त जम्मा भएका छन् ।
प्रकाशित मिति: २०२५-०४-२४ , समय : ०८:५३:४५ , ३ घन्टा अगाडि