रुपन्देही खबर , ६९ पटक हेरिएको

पोखरा, बैशाख १०
पोखरा महानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन गर्न सबैलाई आग्रह गर्नु भएको छ । उहाले गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताउनु भएको छ । मंगलबार महायज्ञमा प्रमुअ अतिथीको रुपमा सहभागी हुनु भएको आचार्यले उक्त कुरा बताउनु भएको हो । उहाले भन्नू भयो ।“यो कोटिहोम महायज्ञ हामी सबैलाई धार्मिक बनाउने छ । पछिल्लो समयको विकृतीहरुलाई हरण गर्नको लागि पनि यो कोटिहोम महायज्ञ शिद्ध हुनेछ । म त भन्छु हाम्रो आगनीमा सञ्चालन भएको यस कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैन् ।” उहाले थप्नु भयो –“हाम्रो ठाउँमा सञ्चालन भएको यस प्रकारको महायज्ञले हामी अत्यन्तै खुशी छौं । यो बेला साथ र सहयोग नगरे हामी सबैको लागि ठूलो भुल हुने छ ।”
त्यस्तै उहाले सन् २०२५ लाई महानगरपालिकाले घोषणा गरेको पर्यटन बर्षलाई सफल बनाउनको लागि पनि यस कोटिहोम महायज्ञ जस्तो महत्वपूर्ण माध्यम अरु हुन नसक्ने पनि बताउनु भएको छ ।
कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा अहिले श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । चर्चित अन्तराष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन गरिहनु भएको छ । त्यस्तै सुप्रिया किशोरी लगायत व्यक्तिहरुले प्रवचन गरिरहेका छन् । पछिल्लो समय भक्तजन, दानविरदाताहरुको पनि उपस्थित बाक्लिदै गएको छ ।
प्रकाशित मिति: २०२५-०४-२३ , समय : ०८:३३:३० , १ दिन अगाडि