उर्मिला यादव यात्री , ७६ पटक हेरिएको

भैरहवा, बैशाख ८
समानताका लागी संचार भन्ने मुल नाराका साथ सिद्धार्थनगर नगरपालिकाले आइतबार भैरहवामा महिला पत्रकारका लागी फिचर लेखन बृत्ति बिकास तालिम सम्पन्न गरेको छ । संचारिका समुह रुपन्देहीका अध्यक्ष मिना ढकालको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यतामा फिचर लेखन बृत्तिबिकास तालिम भैरहवामा सम्पन्न भएको हो । तालिमको उदघाटन गर्दै नगरउपप्रमुख अधिकारीले स्थानिय तहमा रहेका बेथितीहरुको बारे खोजी गरी कलम चलाउन आग्रह गर्नु भएको छ । उहाले पत्रकारको हतियार नै कलम भएकोले नडराइ सत्य तथ्य समाचार सम्प्रेषण गर्न जोड दिनु भयो । उहाले स्थानिय तह लगायत समाजमा रहेका बेथिती बारे पत्रकारले कलम नचलाइदिदा भष्टचार बढेको उल्लेख गर्नु भयो । उहाले समाजमा परिर्वतन ल्याउन पत्रकारको अहम भुमिका रहेकोले निष्पक्ष तरिकाले पत्रकारिता गर्न आग्रह गर्नू भएको छ । नगर उपप्रमुख अधिकारीले पत्रकारिता क्षेत्रमा महिलाको क्षमता विकास गर्न नगरले आवश्यक काम गर्दै जाने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले सुशासन, विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउन पत्रकारिता क्षेत्रले सजग र सचेत भएर कलम चलाउनु पर्ने बताउनु भएको छ ।
यस्तैगरी सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जनक थापाले स्थानिय सरकारले बनाएको नियम कानुन कार्यान्वयनमा यहाका स्थानियबाट नै समस्या सिर्जना हुने गरेको बताउनु भएको छ । उहाले नगरमा एकैपटक परिर्वतन ल्याउन समस्या भएकोले नगरमा भएका समस्याहरु बिस्तारै समाधान गर्दै जाने प्रतिबद्धता गर्नु भएको छ । उहाले सिद्धार्थनगर नगरपालिकामा प्रमुख चुनौतीको रुपमा रहेको तीन पाङ्ग्रे सवारी व्यवस्थापन गर्न नगरपालिका कडा रुपमा लागेको बताउनु भएको छ । उहाले नगरको फोहोर ब्यवस्थापनमा देखिएको प्रमुख चुनौतीलाई छिटटै समाधान गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
सञ्चारीका समूह नेपाल रुपन्देहीका उपाध्यक्ष मिना पाण्डे (अस्मिना) को स्वागत मन्तव्य रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष नरेश केसी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सञ्चारीका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोल, पूर्व अध्यक्ष निरा गौतम (निरु) लगायतले बोल्दै सञ्चारीका समूहले विगतदेखि नै महिला पत्रकारहरुको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेलेको जनाउँदै यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो । भने कार्यक्रम संचालन महासचिव छायाँ पन्थले गर्नु भएको थियो । कार्यक्रममा रुपन्देही जिल्लामा कार्यरत पत्रकार महिलाहरुको उलेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०४-२१ , समय : २१:४६:४४ , ३ घन्टा अगाडि