नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भैरहवाबाट एक जना पक्राउ

रुपन्देही खबर , ३३६  पटक हेरिएको

भैरहवा, बैशाख ८

रुपन्देहीमा १७ बर्षिय नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ खजहना बस्ने ६२ वर्षीय दिपक कुमार सिंह क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार १७ वर्षीय नाबालिकालाई क्षेत्रीले आफनै घरभित्र जबरजस्ती करणी गरेको आरोपमा पिडित नाबालिकाको आफन्तको जाहेरी दरखास्तको आधारमा बलात्कारी आरोपी क्षेत्रीलाई आइतबार साझ पक्राउ गरिएको हो । पक्राउ परेका क्षेत्रीलाइ जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा आज सोमबार मुद्दा दर्ता गरी जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०४-२१ , समय : २१:०२:०५ , ४ घन्टा अगाडि

error: कोपि गर्न पाइदैन