रुपन्देही खबर , ९० पटक हेरिएको

पोखरा, बैशाख ४
पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ विधिवत रुपमा अगाडी बढिरहको छ । बैशाख १७ गतेबाट सञ्चालन हुने कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको छ । बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखी संगितमय श्रीमद्भागवत कथा प्रवचन गरिरहनु भएको छ । यसैविच उहाको कथा प्रवचन भोलि समापन हुदै छ । अनुराधा पाण्डेयलाई भोलि यस कोटिहोम महायज्ञबाट विदाई गर्ने कार्यक्रम रहेको छ ।
संगसंगै भोलि नै चर्चित कथा वाचिका श्रीमद्भागवत कथा प्रवक्ता देवी प्रतिभाको पनि आगमन हुदैछ । भोली देवी प्रतिभालाई पोखरामा स्वागत गर्ने कार्यक्रम रहेको छ । देवी प्रतिभा काठमाडौं आइसक्नुभएको भोलि बिहान पोखरामा आगमन रहने कार्यक्रम तय भैसकेको महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय श्रीकृष्ण मूर्ती जी महाराजले जानकारी दिनु भएको छ ।
यता यथास्थानमा भोलि बिहान ठीक १० बजे देखी अनुराधा पाण्डेयले कथा प्रवचन गर्ने कार्यतालिका छ । त्यस्तै दिउँसो २ बजे देवी प्रतिभालाई पोखराको बिरौटामा स्वागत गर्ने कार्यक्रम रहेको छ । भोलि देवी प्रतिभा जीलाई स्वागत गर्नको लागि सम्पूर्ण पोखराबासीहरुलाई आयेजकले आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२५-०४-१७ , समय : २०:१३:०९ , २ दिन अगाडि